काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेलहरू हुँदैछन् ।
लिगको आठौं चरण अन्तर्गत आज अन्तिम दुई खेल हुँदैछ । एक खेल दशरथ रङ्गशाला र एन्फा कम्प्लेक्समा एक खेल हुनेछ ।
त्यस्तै, त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा चर्च ब्वाइज युनाईटेड र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज र फ्रेन्ड्सबीचको खेल साँझ ५स्४५ बजे सुरु हुनेछ । चर्च ब्वाइज आज चौंथो जितको खोजीमा छ । चर्च ब्वाइज ७ खेलमा १३ अङ्क जोडेर चौंथो स्थानमा छ ।
फ्रेन्ड्स दोस्रो जितको खोजीमा हुनेछ । फ्रेन्ड्स ४ अङ्क जोडेर पुछारमा रहेको छ । यस्तै एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
पुलिस आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पुलिस ४ अङ्क जोडेर १३ औं स्थानमा छ। थ्री स्टार चौंथो जितको खोजीमा छ ।
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९