काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या चाँडै समाधान हुने बताएका छन् ।
बिहीबार भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको दुई हप्ताभित्रै समाधान हुने बताए । उनले भने, ‘क्रिकेट रङ्गशालाको समस्या एक वा दुई हप्ताभित्रै समाधान हुन्छ ।’
धुर्मुस–सुन्तली फाउन्डेसनको अगुवामा निर्माण सुरु गरिए पनि पछि ऋणको भार बढ्दै गएपछि फाउन्डेसनले भरतपुर महानगरलाई जिम्मा लगाएको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९