काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांसद, जनप्रतिनिधि र स्थानीय प्रशासनले नै साहुकारको संरक्षण गरेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले राज्य पीडितको पक्षमा हुनुपर्नेमा पीडकको पक्षमा देखिएको बताए ।
मिटर ब्याज पीडित ६ महिनाको बच्चा बोकेर सिरहादेखि १३ दिन हिँडेर काठमाडौं आएको भन्दै सांसद झाले यस्ता समस्यामा स्थानीय प्रशासनले समन्वय नगर्ने, जनप्रतिनिधिले पीडितको कुरा सुन्न नकार्ने प्रवृत्ति देखिएको बताए ।
उनले भने, ‘यही सदनमा भएका सांसदको आफन्त आबद्ध भएकाले हाम्रा साथीभाइले पनि साहुकार र पीडकको संरक्षण गर्छन् । राज्य त कमजोरका लागि बनेको हो नि सबलका लागि त राज्य चाहिएकै थिएन नि । तर हामी किन कमजोरको संरक्षण गर्नुका साथै साहुहरूको संरक्षण गर्छौँ ? यहाँ भएका साथी र राजनीतिक संयन्त्रमा भएका साथीहरूलाई चेतावनीसहित आग्रह गर्न चाहन्छु कृपया ती साहुकारको संरक्षण नगर्नुस् ।’
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९