काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्ह लगाएका छन्।
कुँवरलाई गृहसचिव विनोदप्रकाश सिंहले आज आइजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले कुँवरलाई नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९