काठमाडौँ । नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसदसमेत रहेका नेता डा. चन्द्र भण्डारी ग्यास सिलिन्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन्।
बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएको भण्डारीको सचिवालयले जानकारी दिएको छ ।
अहिले उनीहरूको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । भण्डारीको शरीरको २५ प्रतिशत भाग र आमाको ७० प्रतिशत शरीरको भागमा असर गरेको छ ।
सिलिन्डर राति करिब १० बजेतिर विस्फोट भएको सचिवालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९