काठमाडौँ । यातायात व्यवस्था कार्यालय धनकुटाका कार्यालय प्रमुख बाबुराम लुइँटेललाई नेकपा (बहुमत) का कार्यकर्ताले मोसो दलेका छन्। बुधबार दिउँसो लुइँटेलमाथि कार्यकक्षमै मोसो दलिएको हो।
कार्यालय प्रमुख लुइँटेलले सेवाग्राहीबाट घुस लिने गरेको उनीहरूको आरोप छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीका अनुसार मोसो दल्ने नेकपा बहुमतका कार्यकर्ताहरूको पहिचान भइसकेको छ भने पक्राउ भने परेका छैनन् । उनले भनिन, ‘मोसो दल्नेहरूको पहिचान भइसकेको छ, खोजी कार्य भइरहेको भन्ने जानकारीमा आएको छ ।’
विराटनगर घर भएका लुइँटेल एक वर्षयता त्यहाँ कार्यालय प्रमुखका रूपमा कार्यरत थिए।
घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९