काठमाडौँ । नेपाल वैदेशिक रोजगार संघको आसन्न निर्वाचनमा नेपाल वैदेशिक रोजगार व्यवसायी तमुधीँ समाजको आधिकारिक समर्थन तीनजना पदाधिकारीका उम्मेदवारलाई रहने भएको छ । समाजले अध्यक्षमा भुवनसिंह गुरुङ, तृतीय उपाध्यक्षमा सन्जु गुरुङ र कोषाध्यक्षमा सरिता घलेलाई सर्मथन गर्ने निर्णय गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी तमुधीँ समाजका अध्यक्ष तीर्थ गुरुङले जनाएका छन् ।
उनीहरु तीनजनालाई पदाधिकारीमा समर्थन गर्ने निर्णय भइसकेको र समाजमा आबद्ध रहेका अन्य उम्मेदवार भए उनीहरूलाई पनि समर्थन गर्ने समाजका अध्यक्ष तीर्थ गुरुङले आजको न्युजलाई जनाएका छन् । संघको साधारण सभा आगामी माग ६ गते काठमाडौँमा हुने कार्यतालिका सार्वजनिक भएको छ । साधारण सभा लगत्तै निर्वाचनको कार्यक्रम रहेको नेपाल वैदेशिक रोजगार संघले जनाएको छ । समाजले समर्थन गरेका उम्मेदवारलाई सम्पूर्णरूपमा सहयोग गर्न समाज सम्बद्ध सबै सदस्यहरूलाई अध्यक्ष तीर्थ गुरुङले अपिल पनि गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९