अनिलविक्रम कार्की चिकित्सक हुन् l उनी बीपी कोइराला क्यान्सर अस्पतालका चिकित्सक नाक, कान,घाँटीको क्यान्सर रोग विशेषज्ञ,सर्जन अहिले नेपाल चिकित्सक सङ्घको अध्यक्षका प्रत्याशी छन् l नेपाली चिकित्सकहरूको छाता सङ्गठको नेतृत्व कसले लिने भनेर चुनाव हुँदैछ l प्रजातन्त्रवादी चिकित्सकहरूको प्यानलबाट नेतृत्व गर्ने जिम्मा डाक्टर अनिलले पाएका छन् l अनिल अहिले देश भ्रमणमा छन् l अनिलको टिमको स्लोगन छ : ‘स्वस्थ नेपालको लागि स्वस्थ चिकित्सक’ l
अनिलको प्यानलले १७ प्रमुख एजेण्डा सहित चुनावमा होमिएको छ l पपुलिस्ट कुरा गरेर अनावश्यक स्टन्ट कार्कीको चुनावी मेनुमा छैन l अनिल डाक्टरहरूको बृहत्तर हितको लागि दीर्घकालीन सोच सहितको नीति तथा कार्यक्रम घोषणा गरेर घोषित लक्ष्य पूरा गरेर नै छोड्ने अठोट साथ चुनावी सङ्ग्राममा कमान्डर भएर निस्किएका छन् l विसं २००७ मा २० जना चिकित्सकबाट सुरू भएको चिकित्सक संघमा १२ हजार भन्दा बढी मतदाताहरू छन् l हाल देशभर३२ हजार चिकित्सक छन् l सङ्घ स्थापना भएको सङ्घको लामो इतिहासमा लोकतान्त्रिक चिकित्सकहरूको समूहले मात्र विजय हाँसिल गरेको गौरवपूर्ण इतिहास छ l सो गौरव कायम नै राख्ने अनिलको पनि धोको छ l नेपाल चिकित्सक सङ्घ कार्यसमितिको यो २९ औ चुनाव हो l
अनिल विगत देखिको प्रजातान्त्रिक समूहको गर्विलो विरासत बोकेर आफ्नो प्रोग्रेस रिपोर्ट सहित बाँकी काम फत्ते गर्न आफ्नो टिमले जित्नु पर्ने निस्कर्ष निकाल्दै आफ्ना सहकर्मी चिकित्सकहरूसँग अन्तरक्रिया गर्दै देश दौडाहामा छन् l डाक्टर कार्की वर्तमान कार्यसमितिको उपाध्यक्ष हुँदा बटुलेको अनुभव र ज्ञानलाई अध्यक्ष बनेर चिकित्सक सङ्घ मार्फत चित्रसुधार्ने होइन चरित्र सुधार्ने प्रेसक्रिप्सन लेख्ने र लेखिएको प्रेसक्रिप्सन अनुसार काम भयो भएन त्यसको निरन्तर अनुगमन र साझेदारी गरेर कार्यन्वयनको पक्षमा विशेष जोड दिने अनिलको आगामी कार्यभार रहेको छ l प्रजातन्त्रवादी चिकित्सक सङ्घका निर्वाचित अध्यक्ष कार्की सो पदबाट राजिनामा दिएर नेपाल चिकित्सक सङ्घको नेतृत्वमा अनुमोदित हुन चुनाव फेस गर्दैछन् l माघ महिनामा उपत्यकामा ६ र ७ गते चुनाव सम्पन्न हुँदैछ भने उपत्यका बाहिर माघ १९,२० र २१ गते चुनाव हुँदैछ l
को हुन् डाक्टर अनिलविक्रम कार्की ?
तेह्रथुम जिल्लाको आम्बुहाङ्गमा २०३२ मा जन्मिएका अनिल सनयात्सेन युनिभर्सिटी चीनबाट एम.एस, गरेका डाक्टर,मणिपाल मेडिकल कलेजका एमबीबीएस हुन् l भारतको साइ विद्यापिठबाट आइएस्सी गरेका अनिलले २०४९ मा दीपेन्द्र प्रहरी आवासीय विद्यालय साँगाबाट एसएलसी गरेका हुन् l भारतको साइ विद्यापीठ केरलामा अध्ययनरत हुँदा नेपाली विद्यार्थीलाई हेप्ने र दुख दिने भारतीय विद्यार्थीको रवैया विरुद्द आक्रोशित बनेर संघर्ष गरेका अनिल त्यहाँ नेपाली विद्यार्थीमाथि हुने ज्यादतिको विरुद्द अनसन समेत बसेका थिए l त्यही बेलादेखि राजनीतिको चस्का पसेर अन्याय अत्याचार विरुद्द लड्दै आएका अनिल जहाँ सङ्घर्ष त्यहाँ अनिल विद्यार्थी कालमा पर्यायजस्तै बनेका थिए l साथीभाईलाई परेको दुख बुझ्ने र परेको बेला भिडने स्वाभावको कारण अनिलको नेतृत्व क्षमता खारिंदै गयो l आफू विद्यार्थी हुँदा अनिल विद्यार्थी माझ लोकप्रिय थिए l नेपाल विद्यार्थी सङ्घमा आवद्दता रहे पनि अनिल पदीय दायित्वमा रहेर कुनै समितिमा काम गरेका थिएनन् तर अप्ठयारा र असहज स्थितिमा जहिल्यै नेतृत्वदायी भूमिकामा रहे l फलस्वरूप अनिल प्रजातन्त्रवादी डाक्टरहरूको सङ्गठनमा अध्यक्ष देखि नेपाल चिकित्सक सङ्घको उपाध्यक्षसम्म फड्को मारेर नै आइपुगेका छन् l अन्य साथीभाई र सहकर्मीको अगाडि अनिलको यो सफलता लोभलाग्दो देखिन्छ l यद्दपि अनिल उसै र फुत्त क्रेन लगाएर नेतृत्वमा पुगेका व्यक्ति होइनन् l निरन्तर क्रियाशील बनेर हकहित र अधिकारको लागि विद्यार्थीकाल देखि डाक्टरी सेवामा रहँदा पनि सक्रिय छन् l अधिकारको लडाईमा अग्रमोर्चामा हुन्छन् l डाक्टर अनिल अधिकारलाई मात्र प्राथमिकतामा राख्ने डाक्टर होइनन् आफ्नो कर्तव्य र भूमिका पनि राम्रोसँग थाहा पाएका डाक्टर भएको कुरा उनका समकालीनहरू बताउँछन् l ‘युवालाई अवसर र अग्रजलाई सम्मान’अनिलको आफ्नो अभिष्ट छ त्यसैले धेरै सिनियर र प्रजातान्त्रिक परिपाटीको लागि लडेका प्रवुद्द डाक्टरहरूको विशाल समूह अनिलको पक्षमा छ l अनिललाई अघि लाएर थुप्रै अनुभवी र ख्यातिप्राप्त डाक्टरहरू हिंडेका छन l उनको नेतृत्व क्षमतालाई विश्वास गरेर अनिललाई जिताउन लागेका छन् l
विदेश भ्रमण
भारत चीन,बंगलादेश,श्रीलंका,जर्मन इजरायल लगायत देशहरूमा पढाई,तालिम, सेमिनार र भ्रमण शिलशिलामा पुगेका कार्की नेपालको धेरै जिल्ला घुमेका छन् l आधुनिक स्वास्थ्य प्रणाली विदेश भ्रमणमा बुझेका कार्की नेपालको स्वास्थ्य समस्या देशका विभिन्न भागमा पुग्ने क्रममा नजिकबाट देखेका छन् l नेपालको स्वास्थ्य नीति र आधुनिक सुविधासम्पन्न विश्वको स्वास्थ्य नीति तुलना गरेर नेपालको लागि आफ्नो विशेष स्वास्थ्य नीति हुनुपर्ने कार्कीको विचार छ l
डाक्टर अनिलका रूचिका क्षेत्र
पढाई डाक्टरी पेशा सँधै नयाँ नयाँ प्रविधि रिसर्चसँग अपडेट रहनुपर्ने अति संवेदनशील मानवीय पेशा हो तसर्थ निरन्तर पढ्नु पेसाको आफ्नो लय हो भने पढ्न रुचि हुनु थप ज्ञानलाई फराकिलो पार्ने मौका हो l अनिल किताब पढ्न असाध्यै मन पराउँछन् l नोवेलहरू पढ्नु र गीत सङ्गीत सुन्नु पनि अनिलका अतिरिक्त रुचिका क्षेत्र हुन् l सामाजिक काममा पनि अनिलको विशेष लगाव छ l डाक्टर केवल उपचार मात्र गर्दैन ऊ एउटा म्यानेजर, प्रशासक,पारिवारिक सदस्य टिचर,लिडर, रिसर्चर,प्राविधिक,वैज्ञानिक र उपचारक हो l यसको विशिष्ट स्थान छ l
कोभिड सङ्कटको बेला नेपाली डाक्टरहरूको भूमिका
विश्वलाई नै हायल कायल पारेको कोभिड १९ ले नेपालललाई पनि छोड्ने कुरै थिएन l विश्वका अति सम्पन्न र स्वास्थ्य स्थिति अत्यन्त समुन्नत भएका देशलाई धर धरी रुवाएको कोविड नेपालको सन्दर्भमा कल्पना गर्दै अत्यास लाग्ने र आएपछि मृत्यु वरण गर्नुको विकल्प छैन भन्ने अवधारणाबीच नेपाली डाक्टरहरूले जुन साहस र हिम्मत देखाएर काम गरे त्यो सर्वत्र प्रशंसा लायक थियो l आफ्नो र परिवारको ज्यान माया मारेर नेपाली स्वास्थ्यकर्मीहरूले जुन इमान्दार प्रयास गरे त्यसको परिणाम भयानक भनिएको कोभिड सोचेजति भयानक हुन पाएन l कोभिडलाई ह्याकुलाले मिचेर स्वास्थ्यकर्मी मैदानमा ओर्लिए l साँच्चिकै हिरोइजम त्यतिबेला नेपाली स्वास्थ्यकर्मीले देखाए जसको कारण न्यून क्षतिमा कोभिड नियन्त्रणमा आयो l यी सबको पछाडि नेपाल चिकित्सक सङ्घको अभिभावकीय भूमिका र रोल मोडेलले काम गरेको थियो l डेरा नपाउँदा र डेरा बाट निकालिँदा पनि स्वास्थ्यकर्मीले आफ्नो धर्म निर्वाह गर्न छोडेनन् l न्युनतम अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव,,थोरै जनशक्ति अनुभवविहीन कोभिडको महामारी र हतास मनस्थितिमा पनि स्वास्थ्यकर्मी हतोत्साहित भएनन्, डाक्टरहरूले लत्तो छोडेनन्, सङ्कटमा सरकारसँग नाजायज माग राखेर अप्ठ्यारो पारेनन् l न्यून वेतनमा अनवरत काममा लागे l २०७२ को महा भूकम्पमा पनि नेपाली स्वास्थ्यकर्मीले प्रदर्शन गरेको सेवाभाव गर्व गर्न लायक छ l यी सबैको कुशल नेतृत्व र सरकारसँग समन्वय गर्ने काम नेपाल चिकित्सक सङ्घको नेतृत्वले गर्यो l त्यसैले पनि डाक्टर अनिलको टिमलाई आफ्नो विरासत र गौरवले जित असहज लाग्दैन l एउटा विश्वास आर्जन गरेको संस्था र प्रजातन्त्रको लागि कसैसँग पनि गलत सम्झौता नगर्ने परिपाटीमा हुर्केको नेपालका प्रजातन्त्रवादी लोकतन्त्रवादी डाक्टरहरूको सङ्गठनको प्रतिनिधि हुन पाउनु आफैमा एउटा गर्व हो अनिल आफ्नो उद्गमप्रति गर्व गर्छन् l
डाक्टरहरू आक्रमणको निशानामा छन्
डाक्टरहरू भगवान होइनन्, मान्छे हुन् l मान्छे नमर्ने ग्यारेन्टी भगवानको हातमा समेत छैन l मान्छेको हातमा कसरी हुन्छ ? तर डाक्टर सामू पुगेपछि आफ्नो विरामी बाँच्नुपर्छ र बाँचिदिए हुन्थ्यो भन्ने चाहना सामान्य कुरा हो तर अस्पताल पुगेको बिरामी कुनै पनि हालतमा मर्न हुँदैन र मरे त्यो डाक्टरको लापरवाहीको कारण भन्ने जुन स्थिति दिनप्रतिदिन मौलाई रहेको छ त्यसले कार्कीलाई चिन्ता थपेको छ l डाक्टरले आफ्नो सीप र क्षमताले भ्याएसम्म यत्न गर्ने हो l मानवीय कमजोरी हुन् नदिन भरमग्दुर प्रयास गर्ने हो l तर उपचाररत विरामीको मृत्यु भएको कारण डाक्टर कुटिने अपमानित,बनाइने र अस्पतालमा भौतिक क्षति गर्ने र लापरवाही भन्दै पैसा असुल्ने क्रम बढदो छ l जसको लागि अनिल जस्ता थुप्रै डाक्टरहरू विशेषत: नेपाल चिकित्सक सङ्घको नेतृत्वले निरन्तर लडेर डाक्टरको सुरक्षा बारेको ऐन पास भएको छ l अनिल थप्छन हाम्रो माग स्वास्थ्यको लागि छुट्टै सुरक्षा बल पनि हो l अब हामी स्वास्थ्यकर्मीको लागि विशेष सुरक्षावलको अवधारणालाई आफ्नो माग बनाएका छौ l
डाक्टरहरूको वर्ग र आवद्द्ताको भेराइटी
नेपाल चिकित्सक सङ्घमा आवद्द डाक्टरहरू अनेक थरि छन् l यहाँ सिनियर र जुनियरको वर्गगत भिन्नता सँगै ८ घण्टा काम गर्ने र निरन्तर ७२ घण्टा कामगर्ने चिकित्सकहरू छन् l सरकारी चिकित्सासेवामा आवद्ददेखि प्राइभेट क्लिनिक र अस्पतालमा काम गर्ने छन् l बेरोजगार चिकित्सकलाई रोजगारी र रोजगार प्राप्तको तलव स्केल र अन्य सुविधामा पनि फराकिलो अन्तर छ l यी सबैमा न्युनतम समानता कायम गर्नु र यिनको हक हितको लागि आवाज उठाउनु चिकित्सक सङ्घको अबको नेतृत्वको चुनौती हो l
चुनावका प्रमुख एजेण्डा र माग
तलव वृद्दि आर्थिक उन्नतिका लागि थप दवाव सिर्जना गर्ने l नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्सप्राप्त सम्पूर्ण चिकित्सकहरूको सबै प्रकारका विमा सरकारले नै गरीदिने व्यवस्था ल्याउन पहल गर्ने l One Time TDSको व्यवस्था गर्ने l चिकित्सक र उनीहरूको परिवारको लागि Dedicated Hospital निर्माणको लागि पहल गर्ने l चिकित्सकको Duty Hour लाई वैज्ञानिक ढङ्गले निर्धारण गरी वर्षमा एक पटक अनिवार्य रूपमा १५ दिनको PaidForce Travel Leave को व्यवस्थाका लागि पहल गर्ने l चिकित्सक सेवा आयोगको स्थापना र चिकित्सक ऐनका लागि पहल गर्ने l Human Resources Maping गरी दरबन्दी थप गर्न दवाव दिने l स्वास्थ्यकर्मी तथा संस्थाको सुरक्षा सम्बन्धी ऐन २०७९ को सतप्रतिशत कार्यन्वयन गराउने l अस्पताल लगायत स्वास्थ्य संस्थाको सुरक्षाको निम्ति छुट्टै सुरक्षा वल बनाउन पहल गर्ने l चिकित्सा शिक्षामा पिजीको सिट सङ्ख्या बढाउदै पिजी अध्ययनका लागि एक वर्षको अनुभाव अनिवार्य रहेको व्यवस्था हटाउन पैरवी गर्ने l सङ्घीय संरचना अनुसार नेपाल चिकित्सक सङ्घको कार्यालय सात प्रदेशमा नै स्थापना गर्ने l JNMA लाई छुट्टै Acamedic and Research Wings को रूपमा विस्तार गर्ने l NMA Privilege Card र Soft Loan को व्यवस्था l NMA Medical Museaum को स्थापना l CDC को स्थापना गरी विशेषज्ञ चिकित्सक समाजसँग समन्वय गरेर Treatmen Protocol 7 Preventive Guidelines बनाउने काममा तीव्रता दिइने छ l नेपाली चिकित्सकलाई Temporary Licensae लिनुपर्ने व्यवस्था खारेज गर्न दवाब दिने l आवासीय चिकित्सकलाई तलवी सुत्केरी विरामी र किरिया बिदाको लागि पहल गर्ने l लगायतका नेपाली चिकित्सकको हक हित पर्वर्द्दन गर्ने जीवनपयोगी उदेश्य एजेण्डा र लक्ष्यहरू छन् l
चुनावी परिणाम बारे
चुनावमा जित हार सामान्य प्रक्रिया हो l यहाँ जित्छु भन्नेहरू हारेका र हार्छन् भनेकाहरू जितेका छन् l कतिपय अस्वाभाविक र आश्चर्यजनक नतिजा पनि चुनावमा प्रकट हुनेगर्छ l गत स्थानीय चुनाव र मङ्सिर ४ को सङ्घीय र परदेश सभाको चुनावको असर बारे जिज्ञासा राख्दा डाक्टर कार्की भन्छन् : ‘हाम्रो यो पेशा र सेवामा आवद्द बौद्दिक वर्गको चुनाव हो यसमा खासै त्यस्तो प्रभाव पर्दैन l सत्ताको छिनाझमटको बाछिटा पनि शायद नपर्ला l जसको प्रमाण हो आजसम्मका सबै निर्वाचन प्रजातान्त्रिक समूहले जित्दै आएको छ l तीसौ वर्ष एकै समुह एकै विचारको वर्चस्व हुनुमा पक्कै केही कारण छ l प्रजातान्त्रिक प्रक्रिया प्रतिको गहिरो आस्था निष्ठा र सही विचारले गाइड गरेको होला l यो बिचमा पनि त कयौ उतार चढाव आए l कति प्रतिकुल परिस्थिति सिर्जना भए तर अटल प्रजातान्त्रिक आस्थाको कारण हाम्रो समूह अविछिन्न विजयको यात्रामा छ l यो पटक पनि हामी हाम्रो वर्चस्व गुम्न दिने छैनौ l कदाचित परिणाम नसोचेको आयो भने म हिजो पनि काम गरेर समस्यामा परेका साथीभाइ र सिनियर्सलाई सहयोग गर्दै आएको मान्छे हुँ, सदा काम र सेवामा क्रियाशील रहन्छु, म थाक्ने र भाग्ने छैन l भोलि पनि पेशागत हकहितको लागि अनिल कार्की अविचल रहनेछ l’ आफ्ना प्रतिस्पर्धी अरू प्यानलका उमेद्वारप्रति पनि डाक्टर कार्की चुनाव अघि मात्रै पर्तिस्पर्धा हो चुनावपछि कुनै बिभाजको रेखा कोरिन्न यो आम डाक्टर र स्वास्थ्यकर्मीको हितको लागि काम गर्ने छाता सङ्गठन हो मिलेर नै काम गर्ने र परिणाम ल्याउने हो अनिल भन्छन् l डाक्टरको मनोवल सँधै उच्च रहनु पर्ने र दुर्व्यवहार मुक्त कार्यस्थल अनिलको अपेक्षा हो l स्वास्थ्यका तीन पक्ष चिकित्सक हकहित,चिकित्सा क्षेत्र सुधार,समग्र स्वास्थ्य नीति बारेमा आम चिकित्सक समस्यासँग जोडिएको २००२ देखि आजसम्म अनिलले आर्जन गरेको अनुभव नयाँ नेतृत्व छानिने आधारहरू हुन् l
आफूसँग अनुभवी र नयाँ सबैको समिश्रण भएको टिम छ l सबै जिम्मेवारी बोध गर्ने र लक्ष्य हाँसिल गर्न काविलहरूको संयुक्त मोर्चा भएकोले कार्यसमिति एकल निर्वाचित हुनेकुरामा अनिलको दृढ विश्वास देखिन्छ l डाक्टर गोविन्द केसीले स्वास्थ्य क्षेत्रको विकृति र विसंगतिलाई लिएर २०६९ श्रावणदेखि २०७९ असोज सम्म गरेका जति पनि सत्याग्रह छ l त्यसको पक्षमा केसीका जायज मागको पक्षमा नेपाल चिकित्सक सङ्घको नेतृत्व जहिल्यै सहयोगी समन्वयकारी भएर माग पूरा गर्न लागि परेको छ l कतिपय अवस्थामा आन्दोलनमा समेत नेतृत्व गरेर निस्केको छ l यसर्थ पनि चिकित्सा क्षेत्रका डाक्टरहरूको विश्वाश हाम्रो पक्षमा छ l हामी नेपाली जनताको स्वास्थ्य रक्षा र अधिकारको लागि अनवरत छौ l म आफै पनि डाक्टर गोविन्द केसी अभियानमा निरन्तर सक्रिय छु सडकमा समेत निस्केको छु l त्यसैले हामी जित निकाल्छौ अनिल विश्वाश व्यक्त गर्छन् l ‘वरिष्ठ उपाध्यक्ष सहित ७ जना निर्विरोध निर्वाचित हुनु नै बाँकी १९ जनाको जितको सुनिश्चितता हो नि होइन र ?’भोट फर भ्याइस अफ मेडिकल फर्टिनीटि भनेर देशभर शुभेच्छुक र समर्थकले अभियान चलाई रहेका छन् l
यदाकदा सत्ता र पार्टी राजनीतिको माखे साङ्लोमा परेर किंकर्तव्यबिमुढ़ बनेको, अकर्मण्य रहेको आक्षेप खेपेको चिकित्सक सङ्घ डाक्टर अनिलको नेतृत्वमा सबै आक्षेप मुक्त भएर केवल नेपाली डाक्टरहरूको पेशागत हक हितको पक्षमा रहने साझा चौतारी बनोस् l विजयको शुभकामना डाक्टर साब !
लेखक - कार्की त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा एम.फिल- पिएच.डी. अनुसन्धानरत छन् l
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९