काठमाडौँ । काठमाडौँ उपत्यकामा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ ।
काठमाडौँ । आज (सोमबार) काठमाडौँको न्यूनतम् तापक्रम ५.४ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।
उनका अनुसार आइतबार काठमाडौँको न्यूनतम् तापक्रम ६ डिग्री सेल्सियस थियो । न्यूनतम् तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ ।
हिमाली जिल्लामा हिमपात भइरहेको र तराईका जिल्लामा पनि बिहानको समयमा कुहिरो लाग्न थालेको मौसमविद्ले जनाएका छन् । मौसम सामान्यतया सफा नै रहने भएकाले दिउँसो भने घाम लाग्ने गरेको छ ।
सोमबार पनि दिउँसोको मौसम सामान्यतया सफा नै रहने अनुमान रहेको मौसमविद् मानन्धरले बताइन् ।
प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९