काठमाडौँ । र्याप गायक हप्याक (मिलनजंग कुँवर)लाई झारफुक गर्ने भन्दै मुखमा अगुल्टो झोसेर यातना दिने झाँक्रीलाई प्रहरीले नवलपरासीबाट पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय, कावासोतीको टोलीले शुक्रबार दीपक सार्की भनिने ४२ वर्षीय झाँक्रीलाई पक्राउ गरेको हो । उनलाई आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराइने उनले बताए ।
झाँक्रीले अगुल्टो झोस्दा मुख र ओठ जलेको भन्दै र्यापर हप्याकको परिवारले प्रहरीमा उजुरी दिएको थियो । हप्याकको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९