बैतडी । बैतडीमा भीरबाट लडेर एक महिला कर्मचारीको मृत्यु भएको छ ।
जिल्लाको सिगास गाउँपालिका-८ की २७ वर्षीय सरस्वती धामी बोहराको खर काट्ने क्रममा शनिबार लुपुड भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको सिगास गाउँपालिकाले जनाएको छ ।
मृतक सिगास गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत थिइन् । बैतडीका ठाउँमा महिलाहरू भीरमा खर काट्ने क्रममा ज्यान गुमाउने गरेका छन् । गत साउन यता सात जनाको ज्यान गइसकेको छ । हिउँदमा पशु चौपायालाई खुवाउन खर फागलाबाट काटेर थुप्रो बनाउने चलन छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९