काठमाडौँ -अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर अन्तर्गत मधेस प्रदेशसमितिद्वारा ऐतिहासिक नगरी जनकपुधाममा यहि कार्तिक १५ गते साहित्यिक सांस्कृतिक सङ्गगोष्ठी सम्पन्न भयो । दई सत्रमासंचालित सङगोष्ठी नेपाल प्रज्ञा प्रतिष्ठाका निमित्त कुलपति डा. जगमागुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यपत्र सत्र अन्तर्गत मैथिली भाषा तथा संस्कृतिका विद्वान् प्रा.डा. राजेन्द्र विमलले मैथिल संस्कृतिमा आधारित जीवन मूल्य विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। बाईस पृष्ठ लामो कार्यपत्रमा मैथिली संस्कृति,जीवन मूल्य , आदर्श,अन्य भाषामा मैथिलीको प्रभाव , लोकसंस्कृति, विद्यापतिको दर्शन आदिबारे चर्चा गरेका थिए ।
अर्का कार्यपत्र प्रस्तोता रोशन जनकपुरीले पूर्वीय दर्शनमा भौतिकवादी चिन्तन विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । प्रमुख अतिथि गुरुङले मिथिला संस्कृति ,जनक दर्शन,मिथिलामा तन्त्र बिधान लगायतका विषयमा खोज अनुसन्धान गर्नु पर्ने र नेपाली भाषाको अतिरिक्त अन्य मातृभाषाको समेत प्रवर्द्धनमा सम्बन्धित निकायहरू लाग्नु पर्ने विचार राखेका थिए ।
गोष्ठीमा अनेसास नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीले मिथिला सस्कृती र साहित्यको महत्व बारे चर्चा गर्दै यसको जगेर्नामा लामो समय देखि साधनारत डा. राजेन्द्र बिमललाइ मिथिला सस्कृतिको सम्मानका लागि सास्कृतिक सहचारीका रुपमा विशेष सम्मान प्रदान गर्न जनकपुर नगरपालिकालाई अनेसासको तर्फबाट जोडदार माग राखिन।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अनेसास नेपाल च्याप्टर उपाध्यक्ष गीता मैनालीले भाषा,साहित्य,कला र संस्कृतिको जगेर्नामा स्थानीय तहले विशेष ध्यान दिनु पर्ने विचार व्यक्त गरिन। जनकपुर नगरपालिका प्रमुख मनोज शाहले यो गोष्ठीले नगरपालिकालाई आफ्नै ठाउका स्रष्टाको सम्मानको लागि ध्यानाकर्षण गराएकोमा खुशी व्यक्त गर्दै यसका लागि आफू सधै तत्पर रहने प्रतिवद्ता व्यक्त गरे।
उक्त अवसरमा अनेसास बोड अफ ट्रश्टीका सल्लाहकार प्रा डा खगेन्द्र लुइँटेल, अनेसास केन्द्रीय सदस्य सरिता अर्याल, अनेसास उपाध्यक्ष राजेन्द्र केसी,महासचिव ऋषभदेव घिमिरे लगायतका वक्ताहरूले शुभकामना तथा काव्य वाचन गरेका थिए ।
बहुभाषिक काव्य वाचन समेत भएको उक्त कार्यक्रममा संस्कृत , मैथिली,भोजपुरी , थारु,मगर तथा नेपाली भाषामा कविता वाचन गरे । सरोज यादव,कुमार दाहाल, मिना दाहाल, सीता अधिकारी लगायतका कविहरूले आ-आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रम अनेसास मधेस प्रदेश संयोजक नीला घिमिरेको अध्यक्षतामा भएको थियोे ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९