काठमाडौँ । आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारतले बंगलादेशमाथि जित निकालेको छ ।
अष्ट्रेलियाको एडिलेटमा वर्षाले प्रभावित खेलमा भारतले बुधबार बंगलादेशलाई डीएल पद्दतिको आधारमा ५ रनले हराएको हो ।भारतले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित १६ ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो ।
बंगलादेशले जवाफी ब्याटिङ गरिरहदा वर्षाले प्रभावित गरेपछि खेल १६ ओभरमा झारिएको हो । र, बंगलादेशले नयाँ लक्ष्य पाएको थियो ।
बंगलादेशका लिटोन दासले ६० रनको अर्धशतकीय इनिङ खेले । नाजमुल होसेनले २१ रन जोड्दा कप्तान शकिब अल हसनले १३ रन बनाए ।नुरुल हसन २५ तथा तास्किन अहमेद १२ रनमा अविजित रहे ।
भारतका अर्शदिप सिंह र हार्दिक पाण्डयले २र२ विकेट लिए । मोहमद शामीले १ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।
भारतका लागि विराट कोहलीले अविजित रहदै ६४ रनको अर्धशतकीय इनिङ खेले । यस्तै केएल राहुलले ५० रनको अर्धशतकीय इनिङ खेले । सूर्यकुमार यादवले ३० रन बनाए ।
बंगलादेशका हसन ममुदले ३ तथा शकिब अल हसनले २ विकेट लिए । भारतको यो तेस्रो जित हो । जितसँगै भारतले ४ खेलमा ६ अङ्क जोडेको छ । भारत समूह २ को शीर्ष स्थानमा उक्लिएको छ । बंगलादेश ४ खेलमा ४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९