काठमाडौँ । बझाङमा जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ७ पुगेको छ। बुधबार दिउँसो मस्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जिप दुर्घटना परेको हो।
यस्तै दुर्घटनामा अन्य १६ जना यात्रुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरूको जिल्ला अस्पतालमा बझाङमा उपचार भइरहेको छ। घाइतेमध्ये अधिकांशको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।
जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। घाइतेहरूको अझै उद्धार कार्य जारी छ। साँझ परेकाले उद्धारमा कठिनाइ भइरहेको छ। जिप दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९