काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मकुण्डली शंखमुलस्थित बागमती घाटमा जलाइएको छ ।
जोशीको इच्छा बमोजिम शरीरलाई अस्पतालमा दान दिएपछि उनको जन्मकुण्डलीलाई आइतबार बेलुकी जेठा छोरा अनुराज र कान्छा छोरा डा. पूर्णराज जोशीले जलाएको गिरीश गिरिले जानकारी दिएका हुन् ।
जोशीका लुगाफाटा पनि सेलाइएका छन् भने खरानीलाई बागमती नदीमा सेलाइएको उनको भनाइ छ । लामो समयदेखि किष्ट अस्पतालमा उपचाररत जोशीको आज बिहान निधन भएको थियो । जोशीलाई ‘राष्ट्रिय सम्मान’का साथ बिदाइ गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९