दाङ-नेपाल संस्कृत बिश्वबिद्यालय राष्ट्रिय साँस्कृतिक अध्ययन केन्द्र,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर,घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका तथा नेपाल उद्योग बाणिज्य संघ घोराहीको संयुक्त तत्वावधानमा दुईदिने राष्ट्रिय साँस्कृतिक संगोष्ठी आयोजना गरिएको छ ।
उक्त कार्यक्रम समुदघाटनका अवसरमा ने.सं.बि.का उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो । प्रमुख अतिथि लामिछानेले लोक संस्कृतिको संरक्षण नै संस्कृतिको आधार र पुस्तान्तरण रहेको धारणा व्यक्त गरे भने घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले जन्मदेखि मृत्यु पर्यन्त हाम्रा महत्त्वपूर्ण संस्कार र संस्कृति छन तिनको जगेर्ना गर्नु पर्ने दायित्व सरकारले लिनु पर्ने धारणा राखेका थिए ।
तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी,भाषाविद् प्रा. डा. माधवप्रसाद पोखरेल,जर्मन चौधरीअनेसास नेपाल च्याप्टरका अध्यक्ष सन्ध्या पहाडीले नेपाली मौलिक संस्कृति र लोक परम्परालाई बिश्वब्यापी बनाउन सबैको सहकार्य आवश्यक छ भन्ने धारणा राखेका थिए ।
उपाध्यक्ष राजेन्द्र के.सी,महासचिव ऋषभदेव घिमिरे,केन्द्रीय सदस्य मधु पाठक, साहित्यकार कल्पना खरेल,सुष्मा आचार्य , हरिवोल ढकाल लगायतका साँस्कृतिक,भाषिक तथा स्थानीय लोक संस्कृति संरक्षण संस्थाका २५० भन्दा बढि प्रतिनिधिहरूको उपस्थिति रहेको दुईदिने संगोष्ठीमा १२ वटा विषयगत कार्यपत्रको प्रस्तुति रहेको थियोे ।
प्रस्तुत गरिएका कार्य पत्रमाथि टिप्पणी र सहभागीहरूको समिक्षात्मक अन्तरक्रिया रहेको थियो । प्रा.डा. राजाराम सुवेदीको दैलेखको इतिहास र संस्कृति, डा. कान्छी महर्जनको लोकनाट्यमा मनमैजुको प्रचलित रोपाइँ जात्रा, डा. गोविन्द आचार्यको चमार जातिको संस्कृतिक जीवन, राजेन्द्रसिह रावलको मध्यकालीन डोटी राज्यको कर प्रणाली, डा. भक्त राईको किराँती जातिको सांस्कृतिक आधार- मुन्धुम, बिक्रममणि त्रिपाठीको अवधी फाग गीत, प्रा.डा. माधवप्रसाद पोखरेलको लुम्बिनी प्रदेशका मातृभाषाको विकास, डा. शशी थापा पण्डितको प्राचीन नेपाली कलाकृतिमा रतिकला, डा. गोपाल ठाकुरको भोजपुरी लोककाव्य "शोभनयका बञ्जारा", अशोक थारुको थारु लोक संस्कृतिमा मन्त्र अभ्यास, टीकाराम बुढाको हाता खेल्ने मगर जातिको युद्धकला र डा. रघुनाथ नेपालको धर्म दर्शनको अध्यापन परम्परा र विशिष्टाद्वैत दर्शन सम्बन्धि कार्यपत्रको प्रस्तुति रहेको थियोे ।
स्थानिय गन्धर्व कला संस्कृतिको प्रदर्शन, मंगल धुन,मालश्री धुन तथा योगकलाको समेत प्रदर्शन गरिएको थियो । उदघाटन सत्र कार्यक्रमको सभापतितब ने.सं.बि.का रेक्टर डा. भीम खतिवडाले गरेका थिए ।
प्रकाशित मिति: आइतबार, असोज ९, २०७९