दोहा । कतारमा कार्यरत नेपालीलाई कुनै पनि वहानामा चन्दा एवम् आर्थिक संकलन नगर्न नेपाली दूतावास कतारले आग्रह गरेको छ । चन्दा तथा आर्थिक संकलनका लागि कसैलाई अुमति नभएपनि दूतावासको समेत नाम मुछिएकोप्रति आपत्ति जनाएको छ । दूतावासले अनुमति विना विभिन्न संघसंस्थामा आवद्ध हु भन्दै चन्दा उठाउने प्रवृत्ति बढेको भन्दै ध्यनाकर्षण गराएको हो । दूतावासले चन्दा असुलीमा संलग्नको सूचना दिन आग्रह गरेको छ । जसका लागि उसले फोन नम्बर ४४६७५६८१ उपलब्ध गराएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २६, २०७४