काठमाडौँ -धार्मिक,पौराणिक र प्राकृतिक महत्त्वले भरिएको कागेश्वरी क्षेत्रको थप प्रबर्द्धन र प्रचार गर्ने उद्देश्यले आयोजित कागेश्वरी साहित्य सम्मेलन भाद्र १७ गते शुक्रबार भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्री लक्ष्मी मालीज्यूको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कागेश्वरी मन्दिर व्यवस्थापन तथा पर्यटन विकास समिति तथा कागेश्वरी मेला व्यवस्थापन समितिको आयोजनामा साहित्यकारहरु अदीप्त प्रकाश र बिष्णु बिछोडको संयोजनमा सम्पन्न कार्यक्रमको अध्यक्षता मूल समारोह समितिका अध्यक्ष श्री मणिराम अर्यालज्यूले गरेका थिए ।
समितिका सचिव पुष्कर प्याकुरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । प्रदेश सभाका माननीय श्री रामेश्वर फुयालको विशिष्ट र वडाध्यक्ष श्री मकुन्दप्रसाद गजुरेलको आतिथ्यमा विभिन्न साहित्य संस्थाका अध्यक्षहरुको समेत आतिथ्य रहेको थियो । कार्यक्रममा विद्यार्थी, स्थानीय र आमन्त्रित साहित्यकार गरी ३ चरणमा वाचन र गायन कार्यक्रम गरिएको थियो जसमा ५५ जनाले आआफ्नो कविता, गजल,मुक्तक,हाइकु, गीत आदिको प्रस्तुती दिएका थिए ।
वाचन गर्ने कविहरुमा जीतेन्द्र रसिक,राधा कार्की दुलाल,पुरु लम्साल,उषा केसी,मुरारी सिग्देल ,मेनका आचार्य,राम कुमार पण्डित छेत्री,भगवती रोका भूमिका,शारदा पराजुली,नवराज पुडासैनी ज्योत्सना,राज बाबू श्रेष्ठ सागर,भुवन शिवाकोटी चौधरे,रुद्र अधिकारी,निबन्ध आचार्य,नदी भट्टराई,लब खड्का,रुद्र अधिकारी, भुवन शिवाकोटी,राजबाबु श्रेष्ठ,रविन्द्र आशिष शैली,कपिल कसपाल, एलिशा ढुंगाना,रेहित सैजु,दिवाकर काफ्ले,राजेशमान केसी,कृष्णहरि पुडासैनी,प्रयास कुमार,राजेन्द्र श्रेष्ठ ,इच्छाराम धड्कन,उमेश अर्याल,अच्युत निरस,प्रकाश सक्व,इन्द्र बुढा ,बदन कटुवाल , ऋषिराम अर्याल, दयाराम अर्याल, नबिना थापा,रबिन्द्र भण्डारी,प्रल्हाद विवश,बिष्णु बिछोड, अशोक खड्का,राजीव सेढाइ,राजकुमार कुइकेल,मणिराज काफ्ले ,कल्पित अर्याल आदि रहेका थिए ।
यसैगरी नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरु आदित्य अर्याल, अश्विन राना, ससित थापा, अर्जुन तामाङ,सतिश्ना खड्का,आशिष लामा,सरीता लामा र संगम खड्काले पनि कविता वाचन गरेका थिए ।
कार्यक्रममा रचनावाचन गर्ने साहित्यकारहरुलाई मायाको चिनो,प्रमाणपत्र र पारिश्रमिकको रुपमा नगद समेत प्रदान गरिएको थियो ।
प्रमुख अतिथिले कागेश्वरी क्षेत्रको प्रशंसा गर्दै आफूलाई निकै राम्रो लागेको र यहाँको पर्यटकीय सम्भावनाको विस्तार गर्नुपर्नेतर्फ औल्याउँदै कार्यक्रम र साहित्यको लागि अनि यस स्थानको प्रचारमा आफू पनि लाग्ने वचनबद्धता समेत प्रकट गर्नुभयो । माननीय रामेश्वर फुयालले कागेश्वरी शीर्षकमा आफूले लेखेको कविता सुनाएर सबैको ध्यान आकृष्ट गरे ।
कार्यक्रममा मणिराज काफ्ले, भगवती रोका,मेनका आचार्य,कपिल कसपाल,साधुराम पुडासैनी र ठुलोबाबु खड्काले गायन प्रस्तुती दिएका थिए।
कार्यक्रमको संचालन साहित्यकार अदीप्त प्रकाशले गरेका थिए । भाद्र शुक्ल अष्टमीको दिन प्रत्येक वर्ष मनाइने कागे अष्टमी मेलाको पूर्व सन्ध्यामा ३ दिने मेला अन्तर्गत पहिलो दिन साहित्य सम्मेलन आयोजना गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९