काठमाडौँ । बिहीबार सेयर बजारमा १.०८ अंकको गिरावट आएको छ । पछिल्लो एक साता बजार निरन्तर ओरालो यात्रामा छ । बजार घट्दा कारोबार रकम समेत खुम्चिएको छ ।
बिहीबार कुल २२५ कम्पनीको २९ हजार १६२ हजार वटा कारोबारबाट ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार बैंकिङ, व्यापार, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र लगानी उपसमूहको मूल्य घटेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९