काठमाडौँ । द एकेडेमी अफ मोसन पिक्चर एण्ड साइन्सेजले ९५ औँ ओस्कार अवार्डका लागि आवेदन खुलाएको छ ।
नेपालस्थित ओस्कराको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सूचना जारी गर्दै भदौ ३० गतेभित्र फिल्म बुझाउन आग्रह गरेको छ । नेपालबाट सिफारिस हुने फिल्मले अन्तर्राष्ट्रिय फिचर विधामा प्रतिस्पर्धाको मौका पाउनेछ ।
सन् २०२२ जनवरी १ देखि नोभेम्बर ३० सम्म हलमा एक साता चलेका फिल्मले मात्र भाग लिन पाउनेछन् । अक्टोबर ३ भित्रै नेपालले एक फिल्मलाई ओस्कारमा सिफारिस गरिसक्नुपर्नेछ ।
कोरोना महामारीको कारण हलमा फिल्म रिलिज हुन नसक्दा गत वर्ष नेपालबाट कुनै फिल्म सिफारिस भएका थिएनन् । तर यसपटक सिफारिसको प्रतिस्पर्धामा कम्तीमा ६ भन्दा बढी फिल्मले भाग लिने अनुमान गरिएको छ ।
यसपटक नेपालबाट दोख, पानीफोटो, राधा, प्रकाश र ऐना झ्यालको पुतली लगायतका फिल्मले प्रतिस्पर्धाको तयारी गरेका छन् । आगामी मार्च १२ मा अमेरिकाको लस एन्जलसमा ओस्कार अवार्ड समारोह हुँदैछ ।
प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९