जर्मनी । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जर्मनीको अध्यक्षमा विजय मोक्तान विजयी भएका छन । उनी नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समितिले तयार गरेको समूहका उम्मेदवार हुन । त्यस्तै महासचिवमा सोही समूहका टंक लम्साल विजयी भएका छन । उपाध्यक्षमा नवराज रोस्यारा प्यानलका हरि न्यौपाने, महिला उपाध्यक्षमा सोही प्यानलकी राधा सिग्देल, कोषाध्यक्षमा निनम्मा राई र सचिवमा राजेश सुनार निर्वाचित भएका छन । कोषध्यक्ष र सचिव पनि रोस्यारा नेतृत्वको समावेशी साझा समूहका उम्मेदवार हुन ।
प्रकाशित मिति: आइतबार, भदौ २५, २०७४