काठमाडौँ । काभ्रेको धुलिखेलमा मंगलबार (आज) शंकास्पद वस्तु फेला परेको छ।
बिहान करिब साढे ६ बजेतिर धुलिखेल नगरपालिका–९ रानाछामा भेटिएको शंकास्पद वस्तु (प्रेसर कुकर) भेटिएको हो। शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सो शंकास्पद वस्तुलाई बम भनी त्रास उत्पन्न भएका कारण नेपाली सेनाको टोलीको सक्रियतामा त्यसलाई छानविन गरी डिस्पोज गरिएको हो।आज विप्लव नेतृत्वको नेकपाले देशभर बन्दको आह्वान गरेको छ।
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९