काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४७१२ जनाको नमुना परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै २२९० जनाको पीसीआर र २४२२ जनाको एन्टिजेनबाट नमुनाको परीक्षण गर्दा पीसीआरबाट ४१९ र एन्टिजेनबाट ३६२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ५११ जना संक्रमणमुक्त भएका छन् । हाल कोरोना सक्रिय सङ्क्रमितको संख्या ५७७५ पुगेको छ।
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९