काठमाडौँ । बझाङको बुङ्गल नगरपालिका-९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएका छन् ।
२२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीया छोरा भूपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएका वडा नम्बर ९ का वडाध्यक्ष हरिस सिंहले जानकारी दिए । मृतक पाँच वर्षीया बालिकाको भने नाम खुलेको छैन ।
गएराति मृतक गीताका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएका जनाइएको छ । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ ।
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९