काठमाडौँ - सार्वजनिक वा निजि समन्वय र सम्बन्धको प्रावधान बारेमा दलित महिलाहरुलाई अभिमुखिकरण कार्यक्रम समापन भएको छ । दलित महिला (फेडो) कास्कीको आयोजनामा भएको कार्यक्रमको उद्घाटन पोखरा १६ का अध्यक्ष अमृत तिमिल्सिनाले गरेका थिए ।
उनले दलित तथा निम्न वर्गकाहरुको लागि राज्यले धेरै कार्यक्रमको आयोजना र लगानी गर्दै आएको जानकारी दिए । तर, जति तालिम भएको छ त्यती प्रभावकारी नभएको भन्दै अवको दिनमा प्रभावकारी रुपमा अघि वढ्नुपर्नेमा दिए ।
कार्यक्रममा दलित सदस्य सुजता बराल सुनार, फेडोका सल्लाहकार लक्ष्मी खाती परियार लगायतले छुवाछुत अन्त्यका लागि चेतनामुलक अभियान चलाउनुपर्ने र दलित महिलाहरुलाई सिपमुलक तालिम दिएर आत्म निर्भर बनाउनुपर्नेमा जोड दिए ।
अहिलेको अवस्थामा पनि दलितहरुले छुवाछुतको नाममा विभिन्न खालका विभेद भोग्नुपरेको बारे, कार्यक्रममा सहभागिहरुले गुनासो राखेका थिए । कार्यक्रमको सहजीकरण अधिवक्ता कुन्जनी परियारले गरेकी थिइन् ।
कार्यक्रममा पोखरा महानगर पालिकाका विभिन्न वडाका जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो । फेडोका अध्यक्ष सुमित्रा गायकको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन कार्यक्रम संयोजक ईश्वरी विकले गरेकी थिइन् ।
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९