काठमाडौँ। करिब २५ वर्षपछि अमेरिकी उच्च अधिकारी ताइवान अवतरण गरेका छन् ।
चीनको कडा चेतावनीकाबीच अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसी ताइवान झरेको बिबिसीले जनाएको छ ।
यसअघि उनको भ्रमण अपेक्षित मात्र भनिएको थियो । पलोसी अमेरिकी सरकारको तेस्रो बरीयताकी उच्च अधिकारी हुन् भने उनी बेइजिङको लामो समयदेखि आलोचक रहँदै आएकी छन्।
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९