काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गुहेश्वरीमा निर्मित फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटन गरेका छन् । ३ करोड लिटर भन्दा बढी क्षमताको यो प्रशोधन केन्द्रले एक्टिभेटेड स्लज प्रक्रिया एएसपी विधिबाट पानी प्रसोधन गर्छ । दुग्रन्घरहित प्रशोधन केन्द्रले पानी प्रशोधन गर्नुका साथै बायो ग्यासबाट इनर्जी र फोहोरबाट हानीरहित मल उत्पादन गर्नेछ ।

नेपालकै हालसम्मको सबैभन्दा ठुलो यो प्रसोधन केन्द्रको डिजाइन तथा सुपरभिजन कार्य कोरियाको डोहा कन्सल्टेन्सी र नेपालको इआरएमसीले संयुक्त रुपमा गरेका हुन । आफूहरूको प्रत्यक्ष संलग्नतामा यसप्रकारको अत्याधुनिक प्रसोधन केन्द्र निर्माण भई राज्यलाई हस्तातरण गर्न पाएकोमा गौरव महसुस गरेको इआरएमसीका अध्यक्ष उद्धव चौलागाइँले बताएका छन् । प्रशोधन केन्द्रले लक्ष्य अनुसारको कार्य गर्दै देश विकासमा योगदान गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९