काठमाडौँ । मौद्रिक नीतिपछि लगातार बढेको सेयर बजारको उत्साह आज (मंगलबार) ब्रेक भएको छ ।
आज बजार ४४.८० अङ्कले घटेर २०८८.१६ बिन्दुमा झरेको छ । करिब डेढ महिनापछि २१०० को बिन्दु टेकेको बजारले मंगलबार भने त्यो स्थिति कायम राख्न सकेन ।
कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ । २२२ कम्पनी सामेल भएको आजको बजारमा ३ अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । जीवन बिमा, विकास बैङ्क, लघुवित्त समूहको गिरावट सबैभन्दा बढी छ ।
बजार घट्दा पनि मल्टिपर्पोज फाइनान्स, सुर्योदय लघुवित्त वित्तीय संस्था, युनाइटेड मोदि हाइड्रोपावरको सेयर मूल्यको वृद्धि सबैभन्दा बढी छ ।
गणपति माइक्रोफाइनान्स वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडका सेयर धनीले सबैभन्दा बढी गुमाएका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९