काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शेयर धितो कर्जामा सीमामा सामान्य हेरफेर गरेको छ ।
राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम सेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताए ।
उनले यसअघि शेयर धितो राखी एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको बताए ।
मौद्रिक नीतिले शेयर कर्जा नीति परिवर्तन गरेर केही राहत दिएको छ । शेयर धितो कर्जामा एउटा बैङ्कबाट ४ करोड मात्र ऋण लिन पाउने सीमा खारेज गरेको छ ।
हेर्नुहोस् मौद्रिक नीतिको पूर्ण पाठ
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९