काठमाडौँ । प्रहरी प्रधान कार्यालय, नक्सालले नेपाल प्रहरीका ३६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरेको छ । बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले ३६ डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।
बढुवा सिफारिसको पहिलो नम्बरमा देवेन्द्रबहादुर पाल छन् । सीताराम रिजाल, भिमकिरण बोगटी, सुमर किरण तिम्सिना, सरोज पौडेल, विष्णुहरि कोइराला, भाग्येन्द्र पुरुष ढकाल, नरहरि रेग्मी, रञ्जित सिंह राठौर, नत्रमणि गिरी, अवधेश विष्ट क्षेत्री पनि बढुवा सिफारिसमा परेका छन् ।
त्यस्तै, हेरम्ब शर्मा, विनोद शर्मा, मित्रबन्धु शर्मा, रामकुमार केसी, नरेन्द्रकुमार कार्की, खड्गबहादुर खत्री, सञ्जयबहादुर राउत, विश्वराज खड्का, बालनरसिंह राणा, टेकुनन्द इवा लिम्बु लगायत पनि बढुवाका लागि सिफारिस भएका छन् ।
त्यस्तै, कोमल शाह, नरेशराज सुवेदी, भरतबहादुर विक, सुधिरराज शाही, विपिन रेग्मी, नवरत्न पौडेल, योगेन्द्रकुमार खड्का, काजीकुमार आचार्य, अनुपम श्रेष्ठ, दुर्गाराज रेग्मी, गजुसिद्ध बज्राचार्य, माधवप्रसाद बुढाथोकी, गौतम मिश्र, नविनकिशोर प्रधान र मोहनकुमार थापालाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।
प्रकाशित मिति: बुधबार, असार २९, २०७९