काठमाडौँ । मनपरी बोलेर घिर्णित पात्रको परिचय बनाएका पूर्व पयर्टन मन्त्री पे्रम आलेले स्थापित मापदण्ड मिच्दै एनएसीको कामचलाउ महाप्रबन्धक नियुक्त गरेका दीपु ज्वारचनका कारण नेपाल एयरलाईन्सले दुई दिनमै करोडौ घाटा बेहोर्नु परेको छ । नेपाल एयरलाइन्समा स्थाई पाइलटको जागिर खाएपनिनिजि हवाई कम्पनी यति एयरलाइन्सको हितमा काम गरिरहेका ज्वारचनको व्यक्तिगत सनकका भरमा नेपाल एयरलाइन्सलाई दुइदिनमै १ करोड १५ लाख रुपैयाँ घाटा लागेको हो ।
एनएसी श्रोतले दिएको जानकारी अनुसार पछिल्लो पटक जुलाई ४ तारिखका दिन काठमाडौँ बैंकक काटमाण्डौँ उडानका लागि ज्वारचन मात्रै उपलब्ध रहेका थिए । त्यसदिन दीपु ज्वारचन दिनको उडानका लागि उपलब्ध नभएको भन्दै रात्रिकालीन उडानका लागि अपरेशन निर्देशकले अनुरोध गरेका थिए । तर दिउसोका उडानमा समेत उपलब्ध नभएका ज्वारचनलेरात्रिकालीन उडानका लागि पनि अस्वीकार गरेपछि त्यसदिन ए ३३० विमानकोकार्यतालिका परिवर्तन गर्नुपर्यो । त्यसदिन काठमाण्डौबाटबैङ्ककका लागि १ सय ५३ जना र बैंकक बाट काठमाडौँका लागि १ सय १५ जना यात्रु मात्रै भएपनि उडानको ३ घण्टा अगावै तालिका बनाउनु पर्ने थियो । उनले उडान भर्न अस्वीकार गरेपछि विमानको तालिकामा फेरबदल गर्नुपर्यो जसका कारण नेपाल एयरलाइन्सलाई ९३ लाख ६५ हजार रुपैयाँ घाटा लाग्यो । ए ३२० र ए ३३० जहाजको अपरेटिङकस्ट गरि जम्मा ९३ लाख ६५ हजार बराबरको आर्थिक नोक्सानी एनएसीले बेहोर्नु पर्यो । त्यतिमात्रै होइन त्यसै दिन अतिरिक्त चक्रका कारण दोहा जानुपर्ने बिमन पनि निर्धारित समय भन्दा पहिलेनै ग्राउण्डेट भयो । त्यसको आर्थिक व्ययभार त फेरि छुट्टै छ ।
यतिमात्रै होइन निज दिपुज्वारचनकै कारण जुन महिनाका ३० तारिखका दिन पनि एयरलाइन्सलाई २३ लाख ३५ हजार बढिको घाटा लागेको थियो । श्रोतले दिएको जानकारी अनुसार त्यसदिन क्याप्टेन एस भण्डारीलाई कोभिड पोजेटिभ देखिएको थियो भने बाकि सबै चालक दलका सदस्यहरूले आफ्नो अनुमति बराबरको एक सय घण्टा सेवा गरिसकेका थिए । क्यान र आइकाओले प्रति महिना एक सय घण्टा मात्रै उडान अनुमति दिएका छन् । त्यसो हुँदा जुन ३० तारिखका दिन उडान भर्नका लागि दिपुज्वारचनमात्रै उपलब्ध रहेका थिए । यस्तो अवस्थाका बिच क्याप्टेन ज्वारचनलाई उडान नगरे उडानै रद्द गर्नुपर्ने जानकारी समयमै दिइएको भएपनि उनले उडान भर्न अस्वीकार गरिदिए । काठमाडौँ बैङ्ग्लोरकाठमाडौँ उडान रद्द गर्नुपर्दा मात्रै नेपाल एयरलाइन्सलाई २३ लाख ३५ हजार ८२८ रुपैयाँ घाटा लागेको थियो । नियमित उडान भर्न अस्वीकार गरेर ज्वारचन भने त्यो दिन रयाडिशन होटलमा पार्टीमा व्यस्त रहेका थिए । न उनले एयरलाइन्सको घाटाको मतलव गरे न इमेजमै । स्मरण रहोस् कि अनलाई कामचलाउ नियुक्ति दिदै गर्दापनि क्याप्टेनको रुपमा उनले सदाझैँ कार्य गर्ने भनिएको थियो ।
बन र पयर्टन दुवै मन्त्रालय सम्हाल्दासनकको भरमा काम गर्दै आएका प्रेम आलेले गरेको एउटा गल्तीले एनएसीलेदुइदिनमैकरोडौँको नोक्सानी बेहोर्नु परेको छ । ज्वारचन लामो समय देखि एनएसी भित्रै बसेर यति एयरलाइन्सको हितका लागि काम गरिरहेको एनएसी श्रोतको दावी रहेको छ ।
प्रकाशित मिति: सोमबार, असार २७, २०७९