काठमाडौँ -विवादित बनेका अर्थमन्त्री जनार्दन शर्माको बारेमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुने भएको छ ।
माओवादी केन्द्रको नेताहरुको खुमलटारमा मङ्गलबार बिहान बसेको बैठकमा समेत शर्माको विषयमा कुरा उठेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शीर्ष नेताबीच नै छलफल हुने बताएका हुन् ।
आज नै प्रधानमन्त्री निवास बालुवाटार बैठक बस्न सक्ने सम्भावना रहेको एक नेताले जानकारी दिए । बजेट निर्माणमा बिचौलिया प्रयोग गरेपछि विवादित बनेका मन्त्री शर्माले राज्यको गोपनीयता भङ्ग गरेकोले राजीनामाको माग चौतर्फी उठ्न थालेको छ ।
उनले राजीनामा नदिए बर्खास्त गरेर उनीमाथि थप कारबाही गर्नुपर्ने सर्वत्र माग छ । काङ्ग्रेस महामन्त्री गगन थापाले विवादित बनेका अर्थमन्त्रीको राजीनामा समेत माग गरेका छन् । सत्ता गठबन्धनका मुख्य घटक काङ्ग्रेस र माओवादी केन्द्रभित्र समेत शर्माको भूमिकालाई लिएर प्रश्न उठ्न थालेको हो ।
प्रकाशित मिति: मंगलबार, असार २१, २०७९