काठमाडौँ - आफ्नै कोठामा मृत फेला परेकी लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु झुन्डिएको कारण भएको रिपोर्ट सार्वजनिक भएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले मङ्गलबार प्रहरीलाई पोस्टमार्टम रिपोर्ट उपलब्ध गराएको हो। पोस्टमार्टम रिपोर्टमा सुनारको मृत्युको कारणमा ह्याङ्गिङ उल्लेख छ। ‘रिपोर्टमा स्ट्राङ्गुलेसन (घाँटी दबाएर) मुत्यु भएको उल्लेख गरिएको छैन् ।
पोस्टमार्टमा ह्याङ्गिङ उल्लेख भए पनि अहिले नै हत्या कि आत्महत्या भन्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । अनुसन्धानका अन्य पक्ष पनि बाँकी नै रहेकाले हत्या कि आत्महत्या भन्ने विषय भने पछि खुल्ने प्रहरीको भनाइ छ ।
सुनारको मृत्यु प्रकरणमा सङ्लग्न भएको आरोपमा प्रहरीले सिन्धुपाल्चोक घर भएका उनका प्रेमी भनिएका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठमाथि अनुसन्धान जारी रहेको छ ।
गत शनिबार बिहान करिब ११ बजे सुनार काठमाडौंको नेपालटारस्थित आफ्नै कोठामा गायिका सुनार मृत अवस्थामा भेटिएकी थिइन्। सुनारले गत शुक्रबार मध्यराति सामाजिक सञ्जालमा एक सन्देश लेख्दै ‘बाँचेर पनि दिनदिनै मर्नु परेको’ लेलेको थिइन् ।
प्रहरी अनुसन्धानबाट त्यसराति सुनार प्रेमीसँगै आफ्नो कोठामा बसेकी थिइन्। तर सुनारको मोवाइल अझसम्म पनि फेला पार्न नसकिएकाले पे्रमी श्रेष्ठले हत्या गरेको हुनसक्ने आङ्कलन गरिएको छ । प्रहरीले भने मोवाइल खोजी गरिरहेको छ । मोवाइल फेला फेर मृत्यु प्रकरणको कारण पत्ता लाग्ने प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, असार १५, २०७९