गैर आवासिय नेपाली संघको विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्का अधिवेशन धमाधम भैरहेका छन । यही क्रममा एनआरएनए जर्मनीको अधिवेशन पनि सेप्टेम्बर १० तारिखमा हुँदै छ । अधिवेशनमा वर्तमान अध्यक्ष नवराज रोस्याराले पुनः अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन । रोस्याराको उम्मेदवारी लगायतको विषयमा आजकोन्युजका लागि दीपक धितालले रोस्यारासँग गरेको कुराकानी यहाँ प्रस्तुत छ ।
तपाई एक कार्यकाल विताइसकेर फेरी किन लगातार दोश्रो कार्यकालमा पनी अध्यक्षको उम्मेदवार हुनुभएको हो ?
–जर्मनीमा कारीब १६ हजार नेपालीहरुको बसोबास भए पनि एनआरएनए जर्मनी ति सबै माझ पुग्न सकेको थिएन। यस्को संगठनिक सरचना निकै तहस नहस भएको थियो। हामीले अध्य्क्षमा जिते पछी त्यो भन्दा अघिल्लो कार्यकालको नितीलाई अनुसरण गर्दै यस्को संगठनिक सँरचना लाई बिस्तार गर्दै एनआरएनए जर्मनीको चरित्र लाई गैर राजनैतीक, गैर धार्मिक तथा गैर जातिय बनाउनमा लागि पर्यौ । जस्तोको अहिले जर्मनीका छ वटै क्षेत्रमा एलसीसी निर्वाचन मार्फत गठन भएका छन। ३९४ सय सदस्य बन्ने देशमा अहिले १३ सय सदस्य बनेका छन। हामीले संगठनिक सँरचनामा ध्यान केन्द्रित गर्नु पर्ने भएकोले हामीले धेरै कामहरु गर्न बाँकी छन। अझै पनि एनआरएनएलाई ब्यबस्थित गर्नु छ। हामीले गर्नु पर्ने कामहरु लाई १२ वटा बुदामा समिटेर हामी निर्वाचनमा सहभागी भएका छौ।
पाँच पटक सम्म सहमतिमा छानीएको नेतृत्व अब अहिले छैंठौ पटक चाहिं चुनावमै जान लागेको देखियो, तपाईलाई पनी सहमतिबाटै अध्यक्ष बनाएका थिए तर तपाइको कार्यकाल पछि चुनाव हुने बाताबारण बन्यो । सहमति गर्न नसकिने भयो है ?
–सहमती गर्नै नसकिने भन्ने होइन। सके सम्मा अरु प्रत्यासीहरुको बीचमा एक मत होस र उहाहरु बीच सहमती भएर एक उमेद्बार प्रस्तव गरिए हामीले सहमतीको बाधक नबनी उहा हरुलाई छोडि दिनेभनेका थियौ । तर उहा हरु एकमत भएर आउन सक्नु भएन। साथै निस्पक्ष निर्वाचन अहिले जर्मनीबासी नेपालीहरु को चाहनाको बिषय पनि हो । त्यसैले हामी खुशी साथ निर्वाचनमा जादै छौँ ।
अब तपाइ सल्लाहकार भएर बस्न, आगामी नेतृत्वलाई सहयोग गरेर अघि बढ्न नसकिने हो र ?
–नसकिने त प्रश्न नै थिएन। हामीले त छोडेरै बसेको हो। तर अरु बीच सहमती नभए पछी निर्वाचनमा जाने निश्चित भयो । निर्वाचनमा जादा हामीले पनि आफ्ना एजेन्डाहरु राख्दै सकृय समाज सेवा गर्ने इच्छा ब्यक्त गर्ने अबसरलाई प्रयोग किन नगर्ने भन्ने रह्योरु त्यस्मा पनि थुप्रै जर्मन बासी नेपाली समुदाय हिजोको हाम्रो यात्रा निरन्तरताको पक्षमा हुनु हुन्छ र एनआरएनए लाई एक नयाँ उचाइमा पुर्याउन चाहनु भएको छ। हिजोको निरन्तरता गर्दै प्रगती तिर अघी बढ्दा हाम्रै नेत्रित्वमा जदा सबै भन्दा बढी निशिचित भयो । त्यसैले सबैको आग्रहमा हामी निर्वाचनमा होमिएका छौ।
तपाईको २०१५ देखि १७ सम्मको कार्यकाल खासै सुखद रहेन भनेर आलोचना भएको छ, पहिलो बर्ष त झन कामै गर्नुभएन भनेर भन्नेहरु समेत भेटिए । फेरी तपाईनै अध्यक्षको दावेदार हुनुहुन्छ भन्दा कुर्सि मोह मात्र त हैन ?
–साथीहरुको गुनासो र अपेक्षा लाई हामी सम्मान गर्छौ। कामै भएन भन्दा पनि हामी बाट साथी हरुले धेरै अपेक्षा गर्नु भएको थियो जुन २ बर्षमै पुरा गर्न सक्ने अवस्था थिएन। काम गर्न लाई संगठन चाहिन्थ्यो । संगठन राजनीतिको चुङुलमा फसेर तहस नहस भएको थियो। अनी अर्को कुरा हामीले गत कार्यकालको पहिलो बर्ष संयुक्त लागानीको सन्क्स्रिती भित्र्याउन खोज्यौ। जुन कार्य एक दिनमा सफल हुदैन्थ्यो। इमान्दारी पुर्वक भन्दा हामीले कुनै केन्द्रिक्रित प्रोजेक्ट ल्याउन त सक्नेनौ तर यो बीचमा त्यस्को पुर्वाधार अहिले तयार भएको छ। धेरै साथीहरुले अहिले ब्यवसायमा शुरु गर्न थालनु भएको छ। त्यसिले अबको कार्यकालमा हामीले संयुक्त लगानीको कार्य र एनआरएनए जर्मनीलाई अझ सुद्रिढ संगठनको रुपमा बिकास गर्ने प्रयास हाम्रो रहने छ।
त्यसोभए, तपाईले आफू विगतमा अध्यक्ष हुँदा ल्याएका योजना आफ्नो कार्यकालमा पुरा गर्न सक्नुभयो त रु के के गर्नुभयो ?
–बिगतको कार्यकालमा भएको मुख्य उपलब्धी भनेको संगठनिक सँरचनालाई पुन सकृय पारेर सबै एलसीसीहरु निर्वाचन गराएर एनआरनए एक सक्षम संगठनको रुपमा तयार पार्नु नै हो। यो काम एक दिनमा हुँदैन्थ्यो। त्यस्तै संयुक्त लगानीको अबधारणालाई जर्मनीमा ब्यपकता दिनु हाम्रो अर्को उपलब्धीहो । एनआरएनएको क्षेत्रिय बैठकलाई हामीले भब्य रुपमा सम्पन्न गर्यौ र युरोप तथा बाहिर बाट आएका पाहुनाहरुलाई खुशी पारेर घर फर्काउन सफल भयौ। एनआरएनएको सदस्यता ३ सय बाट बढाएर १३ सय पुर्यायौ । एनआरएन कार्ड लागु भएको छ। एनआरएनएको आफ्नै वेबसाइट शुरु भएको छ। अब यस्लाई डाटा ब्यान्किङ मार्फत ब्यबस्थित गर्नु छ। अरु थप केही योजना हरु थिए ति पुरा गर्न सकिएनन ।
के कारणले सबै योजना पुरा भएनन् रु अब चाहि यो कार्यकालमा पुरा गर्नुहुन्छ भनेर विश्वास गर्ने आधार के हो त ?
–एनआरएनएको कमजोर संगठनिक संरचना पहिलो प्रमुख कारण रह्यो भने २ बर्षको समय पनि निकै कम हो। बिदेशमा हामी केबल समाजसेवा मात्र गर्न आएका हुँदैनौ। सबैको आफ्नो आफ्नो ब्यवसाय हुन्छ। त्यसैले पनि ठुला योजनाहरु लागु गर्न २ बर्शे समय निकै काम हुन जान्छ। विश्वाश गर्ने आधार भनेको हामीले अहिले सम्म गरेको काम र हाम्रो निस्पक्षता र इमान्दारीता तथा हाम्रो सक्षमता नै हो। जर्मन बासी नेपालीहरुले हामी लागि गर्ने विश्वाश पर्याप्त छ कि छैन भनेर जाँच्न लाई पनि हामी निर्वाचनमा जान खोजेको हो।
नेपालको पार्टिगत राजनीति यता एनआरएनएहरुमा पनी ब्यापक रुपमा लागेको देखिन्छ, त्यही राजनीतिक चरित्रले एनआरएनपनी अछुतो हुन सकेन। कर्म भुमिमा त राजनीती नगरे हुँदैन ?
–हामी एनआरएनएको नेत्रित्वमा आए देखी एनआरएनएलाई गैर राजनैतीक र यस्को आफ्नो बिसुद्ध उधेश्यमा केन्द्रित संगठनको रुपमा बिकास गर्ने हाम्रो प्रयास निरन्तर जारी छ। हामीले सबै राजनैतीक पार्टी हरुलाई सम्मान गर्छौ। राजनैतीक पार्टिका अध्यक्षज्यु हरु लाई हामीले सल्लाह्कारको भूमिकामा नियुक्त गरेर निरन्तर उहाहरु सँग सहकार्य गर्ने कोशीश गरेका छौ। तर राजनैतीक पार्टिका भात्री संगठनहरुले एनआरएनएको नेत्रित्व कब्जा गरेर बस्ने कुरा कदापी स्विकार्य हुन सक्दैन। यो हाम्रो घोशित निती थियो। त्यसैले पनि अहिले राजनैतीक संगठन बन्दा बाहिरका ब्यक्तीहरु पनि एनआरएनएमा सकृय भएर आएका छन।
एनआरएनएलाई राजनीतिबाट मुक्त गर्न के सकिएला र रु तरपनी फेरी सबैको नीति राजनीती हो भन्छन । तपाई पनी त कुनै कुनै राजनीतक दलसँग आस्थावान त पक्कै हुनुहुन्छ नी हैन ?
–पक्कै पनि सकिन्छ। इमान्दारी पुर्वक काम गर्ने हो भने पक्कै पनी सकिन्छ। तर यस्को लागि केन्द्र बाट पनि पहल हुनु जरुरी छ। जस्तोको केन्द्रिक्रित रुपमा नेपालका राजनैतीक दलहरु लाई बिदेशमा राजनैतीक हिसाबले सामाजिक संगठन कब्जा गर्ने रणनिती तुरुन्त बन्द गर्नलाई दवाव सिर्जना गर्ने। निशिचित रुपमा हाम्रो बैचारिक प्रिष्ठभुमी र आस्था कुनै राजनैतीक दल सँग जोडीएको छ। तर त्यस्को कुनै पनि असार हामीले एनआरएनएमा पर्न दिएका छैनौ ।एनआरएनएका अग्रजहरु र सबै बिचार, धर्म र जातीका समुदायलाई निस्पक्ष हिसाबले सम्मानका साथ समिटेर जाने हाम्रो अभियान हो। त्यसैले हामीले अहिले सबै बिचारका ब्यक्तित्वहरुको समर्थनमा यो उमेद्बारी दिएका हौ। नेपालका राजनैतीक पार्टीहरुले एनआरएनए लाई आफ्नो शक्ती प्रदर्शन गर्ने थालो बनाएर यस्को नेत्रित्वमा हुने उपस्थिती वा अनुपास्थितीलाई आफ्नो जित हार सँग तुलना गर्ने सोचाइको हामी घोर बिरोधी हो।
आफु हुँदा सबै ठिक, अरु हुँदा बेठिक, आफू स्वतन्त्र तथा समाजसेवी अरु सबै राजनीतिक आस्थाका आधारमा र स्वार्थले भरिएका भनेर देख्ने परिपाटी चाहिं कहिले अन्त होला है, हामी नेपालीको ?
–नियम बनाउदा त्यो सबैका लागि बनेको हुन्छ। तर नियम लाई अफु खुशी व्याख्या गर्ने र अफुलाई कहिल्यै पनि नियम पालाना नगर्ने तर अरुलाई ससना कुरमा दोश लगाएर बेठिक बन्ने पारीपाटी हाम्रो समाजको मुख्य रोग हो। आफु हुँदा सबै ठीक हुने अरु हुँदा सबै बेठिक देख्ने कुरा हामी सबैको गम्भिर समस्या हो। यो समस्या बाट एकै चोटि मुक्त हुन गाह्रो छ। यस्को निराकरणका लागि त हामी निरन्तररुपमा त्यस्ता ब्यक्तीहरु लाई समयमै चिनेर यस्तै चुनाव वा अरु माद्यम बाट समाजको नेत्रित्व बाट बिदाइ गर्नै पर्छ।
आर्थीक अपारदर्शीताको सवालमा पनी टिकाटिप्पणी भएका छन । यसलाई कसरी जवाफ दिनुहुन्छ ?
–आर्थिक पार्दर्शिताको कुरा संगठनको पार्दर्शिता सँग जोडीएको हुदो रहेछ। जब हाम्रो बलियो सन्यन्त्र छैन भने त्यस्को हिसाब किताब राख्न पनि गह्रो हुदो रहेछ। कतिपय सवालमा साथीहरुले अरुलाई बदनाम गर्ने उदेश्यले अतिरन्जित हिसाबले कुराहरु उठाइ रहेका हुन्छन भने कतिपयले नेपालमा सहयोग गर्ने नाममा आफ्नो साइड जब बानएर यस्लाई आफ्नो ब्यक्तिगत स्वार्थपुर्तीमा लगाएका हुनछन । यि दुबै प्रब्रितीलाई निरुत्साहित गर्दै संस्थामा पार्दर्शितालाई मुख्य प्राथमिकता दिनु पर्छ । हामीले चाँही एनआरएनए को आफ्नै खता खोलेर त्यस मार्फत खर्च गर्ने गरेका छौ र खताको सम्पूर्ण विवरण जतिबेला पनि हेर्नको लागि उपलब्ध हुन्छ।
नेपालमा भुकम्पको बेला सबैबाट सहयोग भयो, एनआरएनए पनी तात्यो, त्यो बेला पनी विवाद भए बास्तविक पिडीतले राहत पाएनन् भनेर । अहिले बाढि पिडीतलाई कसरी सम्बोधन गर्ने प्रयास गरेको छ त ?
–त्यतिबेला सहयोग रकम धेरै उठेको थियो तर सबै रकम हामीले एनआरएनए मार्फत पठाउन सकेनौ। सहयोग उठाउनमा भूमिका खेल्ने साथीहरु सबै एनआरएन भए पनि आफ्नो आफ्नो हिसाबले सहयोग गर्नु भयो। एनआरएनहरुले गर्न चहेको सहयोग एनआरएनए संस्था मार्फत जदा हामीले भनेकै ठाउमा र सहयोग कर्ताले चहेकै ठाउमा खर्च गर्न सकिन्छ। र त्यस बाहेक एनआरएनए ले उक्त रकमको सदुपायोग भयो वा भएन त्यो पनि जान्च गर्ने गर्दछ। त्यसैले सबै सहयोगकर्ता साथी हरुलाई यस्पाली एनआरएनए मार्फतनै सहयोग गर्न अह्वान गर्यौ। कारीब १३ लाख बराबरको सहयोग जर्मनीबाट बढी पीडितहरुलाई भएको थियो।
अब एनआरएनए जर्मनीको काम कारवाही र चुनौतीका विषयमा पनी कुरा गरौं । के छन अबका चुनौती र सामना गर्ने क्षमता कस्तो रहेको छ तपाईमा ?
–चुनैती धेरै छन। ठुलो देश, छरिएर रहेको नेपाली समुदाय। हाम्रो आर्थिक स्थिती पनि धेरै माथि उठेको अवस्था होइन। यसैले जर्मनी भरी घुमेर समाजसेवा गर्न सकिदैन तर हाम्रा एलसीसी हरुमार्फत जाने हो भने सम्भव छ। अहिलेको चुनौती भनेको हाम्रो संस्थाको ब्यबस्थापन, यस्लाई राजनीति बाट मुक्त गर्दै सबै एलसीसीहरु लाई सकृय कसरी पार्ने भन्ने नै हो। यो चुनौती हामीले केही मात्रामा हल गरी सकेका छौ। केही अर्को कार्यकालमा समाधान होला भन्ने विश्वाश लिएका छौ।
जर्मनीमा रहेका ६ ओटा एलसीसीहरु तपाईको उम्मेदवारीबाट कतिको उत्साहित देख्नुभएको छ । कस्तो खालका प्रतिबद्दता पाउनुभएको छ ?
–सबै एलसीसीका साथीहरु बिना आग्रह पुर्वग्रह कामा गरी रहनु भएको छ। उहाहरुको काधमा अहिले निर्वाचन ब्यबस्थापन गर्ने जिम्मेवेरी पनि आएको छ। उहाहरुले यो अवस्थामा निस्पक्ष काम गर्नु हुने छ भन्ने विश्वाश हामीले लिएका छौ। तर गोप्य मतदान गर्दा हाम्रो अमुल्य मत हामीलाई दिनु हुनेछ भने विश्वाश हामीले लिएका छौ।
तपाई पनी विद्यार्थी हुँदै आज यो अवस्थासम्म आइपुग्नुभयो, अहिले विद्यार्थीले विभिन्न समस्या झेल्नुपरेको गुनासो छ । नयाँ आएका विद्यार्थीहरुलाई यहिका नेपालीबाट समस्या भएको पनी देखियो । विद्यार्थीको पक्षमा तपाईको कस्तो कदम रहनेछ ?
–नयाँ विद्यार्थीहरु लाई सुसुचित गर्ने उदेश्यले हामीले इजी पाथ टु जर्मनी भनेर वेबसाइट शुरु गरेका थियौ। त्यो साइट बीच मा निकै पपुलर भएको थियो अब एनआरएनएको नयाँ निर्वाचन पछी यो काम लाई पुन ब्यबस्थित पार्ने लक्ष्य हामीले राखेका छौ। विद्यार्थीहरुका व्याबहारिक समस्याहरुमा जस्तो कोठा नपाउन्जेल बस्ने ब्यबस्था खोजी दिने , काम नपाए काम खोज्नमा सहयोग गर्ने आदी इत्यादी समस्याहरुमा हाम्रो जर्मनीको समाज एक कदम अघी छ जस्तो लाग्छ।
आउपेयरमा आएका चेलीहरु पनी समस्यामा पर्ने गरेका छन । आउने क्रम पनी त्यतिकै जारी छ । गास्ट फेमिलीबाट दुःख ब्यहोरेका समस्या पनी छन । उनिहरुको बारेमा के सोच्नुभएको छ ?
–यो पनि गम्भिर सम्सयाहो । नेपालमा एजेन्टहरुले ठुलो ठुलो रकम अशुलेर यता पठाउने सही सुचना नदिने अनी ति बहिनीहरु यता आउँदा निकै दुस्ख पाउने देखियो अब हामीले यसालाई पनि युथ काउन्सिल मार्फत नै एक सन्यन्त्र बनाउने योजना बनाएका छौ। त्यो सन्यन्त्रले यो बिषयमा नेपालमा छदै सुचना दिने र यता समस्या पर्दा उद्दार गरेर अर्को फ्यामिली खोज्नमा सहयोग पुर्याउने काम गर्ने छ।
नेपालमा रहेका नेपालीहरुलाई युरोपको आश देखाएर विभिन्न बहानामा एनआरएनए हरुले नै तस्कर गरी विचल्लीमा पारेका समाचार पनी आएका थिए । खैर अहिले जर्मनीमा नभएपनी नेपालीका लागि जर्मनी पनी एउटा मुख्य आकर्षक केन्द्र हो, यहाँ मानव तस्कर हुन नदिन तपाइको भूमिका के रह्यो र के रहनेछ ?
–मानब तस्करको सन्जाल कस्तो छरु जर्मनी मा छ या छैन त्यो कुरा सतहमा नाएकोले हामीलाई त्यती धेरै थाहा छैन। जर्मनीमा अहिले आप्रबसी सम्बन्धी कडा नियम हरु आएका छन। नियम संगत विसा लगाएर आएकाहरुलाई यहाँ बस्न सजिलो गर्ने र अनियमित हिसाबले आएकाहरु लाई निकाइ कडाइ गर्ने निती यहाँको सरकारले लिएको छ। त्यसैले यो बिषय जर्मनिमा त्यती गम्भीर मुद्दाको रुपमा बहिर आएको छैन ।
नेपालीबाट नेपाली जोगिऔं, बाहिरीसँग त आफैं सामना गर्न सकिन्छ भन्नेहरु पनी भेटे नवराजजी मैले यहाँ । के भन्नुहुन्छ ?
यहाँले कहाँ भेट्नु भयो त्यस्ता ब्यक्तीहरु मलाई थाहा भएन। तर सहयोग गरी दिन्छु भन्दै मिसयुज गर्ने प्रब्रिती नेपालीमा मात्र होइन अरु समुदायमा पनि अली अली हुन्छ नै । यसकारण यो प्रब्रिती लाई नेपालीको पर्यायवाची बनाएर बोल्ने कुरा मलाई मन परेन। अर्को कुरा हामी नेपालीहरुले यस्ता प्रब्रिती लाई निरुत्साहित गर्नु पर्छ। यस्का लागि सके सम्म साना तिनाकुरामा अरुको भर पर्नु हुन्न। आफ्नो काम आँफै फत्ते गर्नु पर्दछ। कहिले काही समस्या परी हाल्यो र त्यस्तो किसमको सहयोग लिनु पर्योण भने एनआरएनएको सन्यन्त्र मार्फत गइयो भने भोली समस्या पर्दा पनि भन्ने ठाउँ रहन्छ। तर अन्ध विश्वाश गरेर अर्काको भर पर्ने गर्दा ठक्कर लाग्ने कुरा कुनै नौलो होइन।
नेपाली बच्चाहरुलाई आफ्नो भाषा, कला, सस्कृतिको बारेमा यहाँ कसरी ज्ञान दिन सकिएला ?
–हामीले हरेक एलसीसीमा कम्तिमा एकवटा भाषा पाठशाला शुरु गर्ने निर्णय गरेका छौ। अहिले सम्म केही एलसीसीहरुमा मात्र आँफ्नै श्रोतमा भाषा पाठशाला सुरु भएका छन । यस्लाई ब्यबस्थित र बिष्तार गर्न यहाँको स्थानिय सरकार सँग पनि सहयोगको लागि प्रकृया अघी बढाउने निर्णय गरेका छौ । त्यस बाहेक हामीले एनआरएनएको इवेन्ट कोर्डिनेटरको नेत्रित्वमा बिभिन्न सान्स्कृतिक कार्यक्रमहरु गर्ने गर्दछौ। चाड पर्वहरु मनाउने गर्दछौ।
नेपालमा पर्यटन विकासमा बढावा दिन जर्मनीबासी नेपाली एनआरएनले के गर्दैछ ?
–पर्यटन बिकासमा योगदान पुर्याउने एनआरएनएको मुख्य लक्ष छ। यस्का लागि हामीले जर्मनीमा चल्ने पर्यटन मेलाहरु मार्फत पर्यटनको बिकासमा सय्होग गर्ने लक्ष राखेका छौ। जर्मनीमा बर्षेनी धेरै पर्यटन मेलाहरु लग्ने गर्दछन। जस्तो कि बर्लिन मा चल्ने आइटी बि। आइटिबी मेलामा हामीले बर्शेनी कार्यक्रम गर्ने नेपालबाट आउने टुर अपरेटर , पर्यटन दुतहरु र जर्मनहरु बीच अन्त्रकृया गर्ने बिज्नेस टु बिज्नेस पोलिसी अन्तर्गत दुई पक्षलाई सिधै सम्बाद गर्ने बाताबरण बनाइ दिने हाम्रो लक्ष हो। यस्मा पर्यटन दुतहरु राजनैतीक हिसाबले प्रस्तुत हुने कारण कतिपय अवस्थामा कोर्डिनेसन गर्न गह्रो भएको छ। तर हामी यस्लाई ब्यबस्थित गरेर एउटा सिस्टम निर्माण गर्न सक्छौ । यो आगामी कार्यकालको एजेन्डा पनि हो।
अन्त्यमा, अब सहमतिमै गरौं भनेर तपाईलाई छोड्न बाध्य पारियो भने के गर्नुहुन्छ ?
–सहमती गरौ भन्दा हामीलाई कुनै आपत्ति थिएन । सम्मज भित्र सहमती खोज्नु राम्रो कुरा हो । तर त्यो नै अन्तिमा अश्र भने होइन। अब त चुनाव हुने निशिचित नै भएको छ।
प्रकाशित मिति: बिहीबार, भदौ २२, २०७४