काठमाडौँ । कैलालीमा एक जना कर्मचारी हातखुट्टा बाँधेर फालेको अवस्थामा फेला परेका छन् ।
डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी कैलालीको गोदावरीमा घाइते अवस्थामा फेला परेका हुन्।
लिफ्ट मागेर आएका ३ जनाले गोदावरी आइपुगेपछि कुटपिट गरेर गाडी लगेको बताइएको छ ।
घाइते भण्डारीको उपचार भइरहेको र लुटिएको गाडी खोजी भइरहेको प्रहरी अधिकारीले जनाएका छन् ।
प्रकाशित मिति: सोमबार, असार १३, २०७९