काठमाडौँ । लामो समय देखि इन्जिनियरिङ परामर्श सेवामा कार्य गर्दै आएको इन्भाइरोन्मेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट प्रालि (इआरएमसी)ले प्रतिनिधि सभाकी सांसद गङ्गा चौधरीले आफ्नो संस्थाको बारेमा मनलाग्दी बोलेको भन्दै आपत्ती जनाएको छ । इआरएमसीका तर्फबाट जारी भएको विज्ञप्तिमा प्रतिनिधि सभाको आषाढ २ गते बिहिबारको बैठक र त्यसयता बिभिन्न मिडियामा बोलीरहेकी सांसद गङ्गा चौधरीको अभिव्यक्ति स्वयम् उनको मर्यादा भन्दा बाहिरको रहेको जनाइएको छ ।
सांसद चौधरीले भन्ने गरेको जस्तो इआरएमसीले सहरी विकास मन्त्रालय मातहतको सहरी विकास तथा भवन निर्माण विभागबाट गएको दुई आर्थिक वर्षमा ५१ वटा नभई जम्मा जम्मी एउटा कमगर्ने गरि सम्झौता भएको जनाएको छ । सामान्य भन्दा सामान्य मानिसले पनि सहजै जानकारी पाउने विषयलाई पनि पुरै पर्दा हाल्दै बिना आधार र तथ्य बोल्ने माननीयज्यूको अभिव्यक्तिले स्वयम् संसद् र माननीय सदस्यहरूको ओज र गरिमा धुलिसात बनाएको हाम्रो बुझाई छ इआरएमसीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बिना तथ्य हचुवाको भरमै भ्रम फैलाउन उद्धत रहेकी सांसद चौधरीको गतिविधि कहिँकतैबाट प्रायोजित रहेको इआरएमसीले जनाएको छ । कसैले उस्काएकै भरमा जथाभावी बोल्दै हिड्नु सांसद पदकै गरिमा विरुद्ध रहेको छ । सांसद पदलाई आफ्नो स्वार्थ अनुकुल बार्गेनिङको टुल बनाउन भन्दा राज्यका महत्वपूर्ण मुद्दामा आफूलाई केन्द्रित गर्नु श्रेयस्कर हुने इआरएमसीले सुझाव समेत दिएको छ ।
सरकारी परियोजनाका प्रमुख बदल्ने काम प्राइभेट कम्पनीले होइन आवश्यकता अनुसार सरकारले परिवर्तन गर्छ भन्ने सामान्य जानकारी पनि निज माननीयज्यूलाई हामीले पे्रस नोट बाट दिनुपर्दा दुःख लागिरहेको बताउँदै इआरएमसीले आफ्नो विज्ञप्तिमा भनेको छ : टेन्डर प्राप्त गर्दै गर्दा सरकारले तय गरेका मापदण्ड पुर्याउनु बाहेक कुनैपनि कमिसनको लेनदेन हुने गरेको विषय हामीलाई जानकारी छैन । त्यस्तै सम्मानित संसद्मा माननीयज्यूले इआरएमसीलाई कालोसूचीमा रहेको कम्पनी भनी दिनु भएको बिचार पनि सरासर गलत छ । इआरएमसी राज्यको कुनैपनि निकायमा कालोसूचीमा नरहेक व्यहोरा सहर्ष जानकारी गराइएको पनि इआरएमसीलेविज्ञप्तिमा उल्लेख गरेको छ ।

यति महत्वपूर्ण तथ्यांकमा समेत पुरापुर झुट कुरा बोल्ने निज माननीय सदस्यहरूले राष्ट्रका अन्य महत्वपूर्ण एजेण्डामा कति खोजबिन र तयारी गरेर बहस पैरवी गर्नुहुन्छ होला भनी हाम्रो मनमा प्रश्न उब्जिएको पनि इआरएमसीलेविज्ञप्तिमा उल्लेख गरेको छ । यसका साथै आयोजना प्रमुखहरूको परिवर्तन गर्ने देखि तीस प्रतिशत कमिसन बाँडचूँड गरेको भनेर जुन कपोकल्पित आरोप लगाउनु भएको छ त्यो सरासर झुटो कुरा भएको जानकारी गराउदै राज्यका नियम कानुनलाई अक्षरशः पालना गर्ने बाहेक अन्य कुनै पनि विषयमा सरोकार राख्दैनौ भनिएको छ । साथै कानुनको परिधिमा रहि टेन्डर प्रतिस्पर्धा गर्दै गर्दा मापदण्ड पुरा भए कुनै वर्ष धेरै काम पनि हाम्रो कम्पनीले प्राप्त गर्छ भने कुनै वर्ष एउटा पनि काम पाउदैन । जुन नियमित र सामान्य प्रक्रिया भएको इआरएमसीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
इआरएमसी प्रालि विगत लामो समय देखि नेपालको विकास निर्माणमा इमान्दारीपूर्वक क्रियाशील भएको प्रोफेसनलहरुको संस्था हो । हामीले यही देशमा केही गर्न सकिन्छ भन्ने मान्यता सहित स्थापना गरेको इआरएमसीले स्वदेशमा मात्रै होइन विश्वका कैयन देशमा काम गरेर हजारौ नेपालीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आइरहेको छ । इन्जिनियरिङ कन्सल्ट्यान्सी क्षेत्रको एक प्रतिष्ठित संस्था बन्दै गर्दा इआरएमसीले नेपाली प्रोफेशनलहरुलाई देशमै काम गर्ने वातावरण मात्रै दिएको छैन, कन्सल्ट्यान्सीको नाममा बिदेसिने करोडौँ रकम पनि देशभित्रै राख्न योगदान गरिरहेको छ इआरएमसीद्धारा जारि गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
इआरएमसीले हावामा आरोप लगाउनु पूर्व बिषयको बारेमा सामान्य जानकारी लिन समेत हामी निज माननीयजीहरुलाई बिन्रम अनुरोध गर्दै झुटो आरोपबाट कोही पनि भ्रममा नपर्न बिज्ञप्ती मार्फत अनुरोध गर्दछौँ भनेको छ । उत्कृष्ठ संरचनाहरुको निर्माणका लागि आवश्यक पर्ने इन्जिनिरियड परामर्शको काम नेपाल भित्रकै एजेन्सीहरुले गर्न सक्ने कुरा प्रमाणित गरिसकेको इआरएमसीले परामर्शका नाममा बिदेशिने राज्यको अरबौ रकम देशभित्र राखेको मात्रै होइनमा बिदेशमा समेत सेवा गरि बिदेशी रेमीटयान्स समेत स्वदेश भित्रयाउने गरेको विज्ञप्तिमा मार्फत जानकारी गराएको छ । पोखरा र भैरहवा जस्ता बिमानस्थल निर्माणमा परामर्श सेवा दिएको इआरएमसीले दशकौ देखि देशका मुख्य मुख्य आयोजनामा परामर्श सेवा दिदै आएको छ । इआरएमसी यसअघिनै एडिवी वल्र्डबैंक जस्ता दातृनिकाय बाट उत्कृष्ठ कार्य गरेको भन्दै पुरस्कृत समेत भइसकेको छ ।

प्रकाशित मिति: आइतबार, असार १२, २०७९