काठमाडौँ - सेयर बजार सुधार र विस्तारका लागि गठित सङ्घर्ष समितिको माग कार्यान्वयन गर्ने सम्झौता भएपछि लगानीकर्ता तिलक कोइरालाले अनसन तोडेका छन् ।
असार १ गते देखि आमरण अनसनरत कोइरालाले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर १० औं दिनमा शुक्रबार अनसन तोडेका हुन् । पूँजी बजार सुधार र विस्तारका लागि गठित संघर्ष समितिको माग कार्यान्वयन गर्ने सम्झोता भएपछि अनसन तोडेको उनको भनाइ छ ।
सेयर बजार सुधार र विस्तारका लागि तिलक कोइरालाले असार १ गतेदेखि अनसनमा बस्दै आएका थिए । नेपाल धितोपत्र बोर्डका कार्यालय भित्र अनसन बस्न नदिएपछि उनले बाहिरै अनसन बसेका थिए ।
कोइलालाले यसअघि पनि दुईपटक आमरण अनसन बसिसकेका छन् । उनले अनसन तोडेपछि शुक्रबार अन्त्यतिर सेयर बजार समेत बढेको छ । यस दिन एक घन्टाकोबीचमा ५० अङ्कले बजार घटेपनि अन्त्यमा नेप्से उकालो लागेको हो ।
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९