काठमाडौँ - पुँजी बजारको सुधारको माग राख्दै विगत ९ दिनदेखि अनसनरत तिलक कोइरालाले अझैं अनसन तोड्न मानेका छैनन् । बुधबार एक पत्र पठाउँदै धितोपत्र बोर्डले समस्या समाधानका लागि तत्काल लगानीको समेत सहभागितामा एक समिति गठन गरिने बताए पनि उनले पहिला समस्याको समाधान गर्नुपर्ने कोइरालाले अडान राखेका छन्।
बोर्डको उक्त पत्रको प्रतिउत्तर दिँदै कोइरालाले पहिला पुँजी बजार सुधार संघर्ष समितिमार्फत आफुहरुले उठाएको १९ बुँदे मागको समाधानका लागि बोर्डले ग्यारेन्टी गर्नुपर्ने अनि मात्र आफुले अनसन तोड्ने जवाफ दिएका छन् ।
बोर्डले उधारो सहमति गराएर लगानीकर्ताहरुको आन्दोलन तुहाउन खोजेको भन्दै कोइरालाले पहिला समस्या समाधान त्यसपछि मात्र आफुले अनसन तोड्ने बताएका छन् ।
बिज्ञप्तिसहित :
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९