वासिङटन डिसी । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको अध्यक्षमा पराजित रविना थापाले आफूलाई निर्वाचन परिणाम स्वीकार नभएको बताएकी छिन । उनले निर्वाचन कमिटीले घोषणा गर्नु भन्दा १२ घण्टा अगाडी सार्वजानिक भएको परिणाम आफूलाई मान्य नभएको बताइन । उनले निर्वाचन सकिएको केहि मिनेटमै सार्वजानिक भएको परिणाम आफूलगायत आफ्ना साथीलाई मान्य नभएको बताइन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका को निर्वाचनको परिणाम बाहिरीएको थियो । उनले नतिजाप्रति शंका भएको भन्दै सफ्टवयर र निर्वाचन कमिटीप्रति पनि आफ्नो विश्वास नरहेको बताएकी छिन ।
प्रकाशित मिति: बिहीबार, भदौ २२, २०७४