नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले हालसम्मकै सबैभन्दा बढी हेरोइन बरामद गरेको छ । पछिल्लो साता चरणबद्ध सर्च अपरेसनपछि बरामद गरिएको ५१ केजी हेरोइन र पक्राउ परेका व्यक्ति आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।
केही दिनको बीचमा लागू औषध नियन्त्रण ब्यूरोले १ अर्ब २ करोड मूल्य बराबरको लागू औषध हेरोइन बरामद गरेको छ । ब्युरोका एसपी जीवन श्रेष्ठले विभिन्न स्थानबाट ५१ किलो हेरोइनसहित ७ जनालाई पक्राउ गरिएको बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए। बरामद भएका हेरोइनमध्ये ४९ किलो सेतो र २ किलो खैरो रहेको छ ।
ब्यूरोले ५१ केजी सेतो हेरोइनसहित ७ जना दक्षिण अफ्रिकन महिलालाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिबिसी थान्डेकिले, मुरिएल केदुकवाजी थेम्बेनी न्साम्बा, त्शाबाला खान्यिसिल इभोन्ने, रोसिन्हा नोन्केले जान्त्जो, महलाको मौरीन माथिबा, मोरोएसी सुजान कोफु र मार्लिज बाडेनहोस्र्ट रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, असार २, २०७९