काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भएको श्रृङ्खलाको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ ।
आरिफ शेख र सोमपाल कामीले कीर्तिमानी साझेदारी गरेपनि अमेरिकाले दिएको २४६ रनको लक्ष्य पछ्याएको नेपाल २०६ रन मात्र बनाउन सक्यो ।
यस श्रृङ्खलामा नेपालको यो दोस्रो हार हो ।
प्रकाशित मिति: बिहीबार, असार २, २०७९