काठमाडौँ । नेपाल धितोपत्र बोर्डले एकैसाथ दुई वटा हाइड्रोपावर कम्पनीलाई आईपीओ बिक्री गर्ने अनुमति दिएको छ । बोर्डले सयपत्री हाइड्रोपावर र मन्दाकिनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।
सयपत्री हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको हो ।
यस्तै, मन्दाकिनी हाइड्रोपावरले १७ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरको १७ लाख ६४ हजार ११० कित्ता सेयर निष्कासनको अनुमति पाएको छ ।
सयपत्री हाइड्रोपावरले आईपीओ निष्कासनका लागि एनआईबीएल एस क्यापिटल र मन्दाकिनी हाइड्रोपावरले बीओके क्यापिटललाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ ।
यससँगै चालु आर्थिक वर्षमा बोर्डले २२ कम्पनीलाई पाँच अर्ब ५१ करोड ३८ लाख ३२ हजार ५०० रुपैयाँ बराबरको ६ करोड ५१ लाख ३८ हजार ३२५ कित्ता आईपीओ निष्कासनको अनुमति दिएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९