काठमाडौँ। प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमाथि सैद्धान्तिक छलफल सुरु भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकअन्तर्गत राजश्व र खर्चको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राखेपछि बजेटमाथिको छलफल सुरु भएको हो ।
छलफलमा पहिलो सहभागीका रूपमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद विष्णु पौडेलले भाग लिएका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९