काठमाडौँ । सरकारले सामाजिक सुरक्षा अन्तरगत वृद्धभत्ता पाउने लाभग्राहीको उमेर घटाएको छ । आज बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्षदेखिकाले वृद्धभत्ता पाउने जानकारी दिए ।
यसअघि ७० वर्ष उमेरकाले वृद्धभत्ता पाउने नियम संशोधन गर्दै ६८ वर्षमा झारिएको हो । सामाजिक सुरक्षा अन्तरगत वृद्धवृद्धाहरूले मासिक ४ हजार रुपैयाँ पाउँदै आएका छन् । भत्ता रकम भने बढाइएको छैन ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९