काठमाडौँ । तारा एयरको विमान सम्पर्कविहीन भएपछि नेपाली सेनाको हेलिकप्टर खोजी कार्यमा हिँडेको छ । केही बेरअघि त्रिभुवन विमानस्थलबाट सेनाको हेलिकप्टर मुस्ताङका लागि उडेको हो ।
सम्भावित दुर्घटना क्षेत्रमा हेलिकप्टरले खोजीकार्य गर्ने बताइएको छ । हेलिकप्टर दुर्घटना भएको आशङ्का गरिए पनि अहिलेसम्म पुष्टि भइसकेको छैन ।
मुस्ताङको तेलेमाथि टिटि ताल क्षेत्रमा विमान दुर्घटना भएको आशङ्का गरिएको छ । सोही क्षेत्रमा खोजीका लागि सेनाको हेलिकप्टर पठाइएको हो । ताराको विमानमा ६ विदेशीसहित १९ जना सवार छन् । हेलिकप्टरमा उद्धार उपकरण र आवश्यक बन्दोबस्तीका सामानहरू पनि लगिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९