महेन्द्रनगर । दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस सडकबाट ५ मिटर तल रोल खोलामा खस्दा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।
चालकसमेत रहेका शैल्यशिखर नगरपालिका ६ का प्रकाश धामी र सोही ठाउँका सहचालक समेत रहेका नविन सिंह धामीको सनाखत भएको छ भने अर्का एक जना मृतकको परिचय खुल्न सकेको छैन ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९