काठमाडौँ । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनको क्रममा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुवेतबाट आएको जजिरा एयरवेजको जहाज अवतरण गरेका छन् ।
विमानस्थल कार्यालयका अनुसार नेपाल वायुसेवा निगम (नेवानी)को पहिलो जहाज आज बिहान ६ बजेर ५५ मिनेटमा र जजिराको जहाज ७ बजेर ८ मिनेटमा अवतरण गरेका हुन् ।
यससँगै नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान प्रारम्भ भएको छ ।नेवानिले काठमाडौँबाट कमर्सियल उडान गरेको हो । जजिराको जहाज भने दोहाबाट कुवेत ट्रान्जिट गरी नेपाल आएको हो ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान भने यही जेठ २९ गते मात्र हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९