काठमाडौँ । यो वर्ष विपद्जन्य विभिन्न घटनामा परी २० जनाको मृत्यु भइसकेको छ । वैशाख १ गतेयता भएका ती घटनामा ८० जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
यो अवधिमा सबैभन्दा धेरै आगलागीका २४२ घटना भएको छ । त्यसमा परी १० को मृत्यु र ३७ जना घाइते भए । यस्तै, जङ्गलमा आगलागीका ४२ घटना भएको छ । त्यसमा दुई जना घाइते भएका थिए ।
वैशाख १ देखि २२ गतेसम्म हावाहुरीका ३५ घटना भएको छ । त्यसमा परी एकको मृत्यु र सात जना घाइते भएका छन् ।यो अवधिमा चट्याङका २५ घटना भएको छन् । जसमा ६ को मृत्यु र २६ जना घाइते भएका थिए ।
यस्तै, जनावर आतङ्कका कारण दुईको मृत्यु र सात जना घाइते, पहिरोमा परी एक जनाको मृत्यु र सर्पदंशका कारण एक जना घाइते भएको प्राधिकरणले जनाएको छ ।प्राधिकरणका अनुसार यो अवधिमा कुल ३५७ घटनामा ४८६ परिवार प्रभावित भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९