काठमाडौँ-भुवन केसी, श्वेता खड्का,रविन्द्र खड्का लगायतका कलाकारहरु काँग्रेस प्रवेश गरेका छन् । सबैलाई बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए ।
उनीहरुलाई अभिनेता निर शाह लगायतले काँग्रेसमा प्रवेश गराउनका लागि पहल गरेको बताइएको छ । यसअघि एमालेमा संलग्न रहेपनि अभिनेता केसी निष्क्रिय जस्तै थिए ।
स्थानीय निर्वाचनको मुखमा उनलाई स्वागत नेपाल नेतृत्वको पार्टीले काठमाडौं महानगरपालिकाको मेयरका रुपमा अघि सारेपनि पछि अस्वीकार गरेका थिए । यस्तै खड्का भने दलीय राजनीतिमा खुलेकी थिइनन् ।
पार्टीमा प्रवेश गराउँदै देउवाले कलाकार देशको गहना भन्दै पार्टीले पनि उचित जिम्मेवारीसहित सम्मान गर्ने आश्वासन दिएका थिए । पछिल्लो समय नेपाली कलाकारिता क्षेत्रपनि राजनैतिक रुपमा अगाडी बढेको देखिन्छ। केहि समय पहिले रेखा थापा,करिश्मा मानन्धर,कोमल ओली लगायत सेलिब्रेटी राजनीतिमा प्रवेश गरिसकेका छन्।
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९