काठमाडौँ । सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक(डिआइजी) राजु अर्याल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
आइतबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले अर्याललाई एआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
बढुवाका लागि चार डिआइजीले योग्यताका प्रमाणपत्र पेस गरेका थिए । जसमध्ये वरियताको पहिलो नम्बरमा रहेका अर्याललाई सिफारिस गरिएको हो ।
बढुवाका लागि अर्यालसहित नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशी दाहालले निवेदन दिएका थिए ।
एआईजीमा बढुवा सिफारिस भएका अर्याल आइजिपी बन्ने निश्चित छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९